Connect IPS
IME Life

बीमाको ८० लाख कुम्ल्याउन भाइको हत्या, यसरी रचियो षड्यन्त्र

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय भारतको बीमा क्षेत्र थुप्रै ठगी र आपराधिक घटनाहरु हुन थालेका छन्। बीमाको रकम हत्याउन दैनिकजसो डरलाग्दा घटनाहरु भारतमा घटिरहेका छन्। फेरि एउटै सनसनीपूर्ण घटना बाहिर आएको छ।

भारतको खैरागढ जिल्लाको कुम्ही गाउँको डोंगारगढ मुख्य सडकमा केही दिनअघि एक युवकको शव फेला परेको थियो। अज्ञात शव अमाघाटनिवासी उत्तम बर्मा रहेको पत्ता लाग्यो। युवकको शव देखेर दुर्घटना भएको अनुमान गरिएको थियो तर शरीरमा कुनै किसिमको चोटपटक थिएन। प्रहरीले शव भेटिएको ठाउँबाट कुनै सवारीसाधन वा अन्य केही बरामद गरेको थिएन। त्यसपछि प्रहरीले डग स्क्वाड, साइबर र फोरेन्सिकको संयुक्त टोली बनाएर चारैतिर अनुसन्धान थालेको थियो।

Prabhu
Crest

प्रहरी अनुसन्धानका क्रममा डरलाग्दो घटना बाहिर आएको छ। वास्तवमा बीमाको पैसाको लोभमा उत्तम बर्मालाई आफ्नै काकाका छोराले षड्यन्त्र रचेर मारेका थिए। केही दिनअघि प्रहरी अतिरिक्त प्रहरीउपरीक्षक नेहा पाण्डेले पत्रकार सम्मेलन गरी सम्पूर्ण कुरा खुलासा गरेकी हुन्।

प्रहरीका अनुसार शंकाका आधारमा अभियुक्त हेमन्त ढेकवारलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले २०२४ मेमा चारपांग्रे र फेब्रुअरी २०२४ मा हार्भेस्टर गाडी खरिद गरेकोमा ३० रुपैयाँ खर्च भएको बताए। मृतक उत्तम बर्माको नाममा लाखौँ रकम गएको थियो। यससँगै फाइनान्स कम्पनीले मृतक उत्तमलाई लोन सेक्युरिटी इन्स्योरेन्स (एलएसबी) पनि दिएको थियो। यसबाहेक दुई फरक बीमा पोलिसीअन्तर्गत हेमन्तले महाराष्ट्रमा मृतक उत्तमको नाममा करिब भारु ८० लाखको बीमा पनि गरेका थिए।

उत्तमका दुवै गाडी सालेकसानिवासी उनका काका छोरा हेमन्त ठेकवारसँग थिए। फाइनान्स कम्पनीको कर्जा सुरक्षा बीमा योजनाअन्तर्गत लाभार्थीको मृत्यु भएमा ऋणको रकम मिनाहा हुन्छ।

यही लोभका कारण हेमन्तले उत्तमको हत्या गर्ने षड्यन्त्र रचेका थिए। षड्यन्त्रअन्तर्गत अभियुक्तले उत्तमलाई कार दिने बहानामा डोंगारगढमा बोलाए। जहाँ उनका सहयोगी सुरेश माछिर्के र प्रेमचन्द लिल्हारे पनि थिए। सुरुमा चारैजना डोंगारगढमा मदिरा सेवनमा संलग्न भए। त्यसपछि योजनाअनुसार मृतकको मोबाइल अटारियामा आफन्तको घरमा छाडियो। त्यसपछि तीनै अभियुक्त उत्तमलाई लिएर गतापरको जंगलमा पुगे, जहाँ उनीहरुले उत्तमको घाँटी थिचेर हत्या गरेका थिए।

हत्यालाई सडक दुर्घटना जस्तो देखाउन अभियुक्तहरुले मृतकको शव कुम्ही डोंगरगढ सडकमा फालेका थिए। घटना भएको देखाउन उनीहरुले शवलाई गाडीले कुचेर महाराष्ट्र फर्केका थिए।

पूरै घटनामा आरोपी हेमन्त ढेकवार, सुरेश माछिर्के र प्रेमचन्द लिल्हारेलाई प्रहरीले पक्राउ गरेको छ। यससँगै घटनामा प्रयोग भएको गाडी र घाँटी थिचेर प्रयोग गरिएको तौलिया पनि बरामद गरेको छ। हाल तीनैजनालाई अभियुक्त न्यायिक हिरासतमा राखिएको छ। – एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS