IME Life
GBIME

लगानी प्रवर्द्धनका लागि दक्षिण कोरियाका राजदूतसँग परिसंघको छलफल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङ्गविच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ । परिसंघ सचिवालयमा आज बुधवार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले दुई देश विचको कुटनैतिक सम्बन्ध स्थापित भएको ५० ‍औं वर्ष पुगेकै दिन भएको यो छलफल अत्यन्त सुखद र महत्वपूर्ण भएको बताए ।

छलफलका क्रममा अध्यक्ष अग्रवालले कोरियाली लगानी कर्ताहरूलाई नेपालमा भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन, जलविद्युत, कृषिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि पहल गर्न राजदूत तइयोङ्गलाई आग्रह गरे ।

Crest

सरकारले वैदेशिक लगानी आकर्षित गर्न विद्यमान केहि कानुनहरूमा संशोधन समेत गरिसकेको प्रसंग जोड्दै अग्रवालले नेपाल लगानीका लागि राम्रो गन्तब्य रहेको बताए ।

दक्षिण कोरीया नेपाली श्रमिकका लागि आकर्षक गन्तब्य बन्दै गईरहेको बताउँदै नेपाली श्रमिकहरूले कोरीयामा सिकेको शिप नेपालमा उद्यमशिलताका साथै समग्र आर्थिक विकासमा सहयोगि बन्ने विश्वास व्यक्त गरे । उनले शिप विकासका क्षेत्रहरूमा समेत लगानी गर्न आग्रह गरे ।

परिसंघले आगामी सेप्टेम्बरमा आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलन २०२४ मा कोरीयाबाट उल्लेख्य लगानीकर्ताहरूको सहभागिताका लागि राजदूत तइयोङ्गसंग आग्रह गरे ।

राजदूत पार्क टेइ योङ्गले परिसंघले संचालन गरेको ‘मेक ईन नेपाल ( स्वदेशी अभियान’को प्रशंसा गर्दै यस्ता अभियानहरूले मुलुकको उत्पादन, उत्पादकत्व तथा रोजगारी प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनमा उल्लेख्य योगदान पुर्‍याउने बताए ।

राजदूत तइयोङ्गले कोरीयाको श्रम बजारमा उल्लेख्य उपस्थिति रहेको वताउँदै नेपालीहरू मेहनती तथा ईमान्दार रहेको जानकारी दिए । उनले मुलुकमा उत्पादन हुने वस्तु तथा सो वस्तु उत्पादन हुन प्रयोग हुने कच्चा पदार्थ र अर्ध तयारी वस्तुहरूमा भन्सार दरमा भिन्नता हुनु पर्ने विचार व्यक्त गरे ।

नेपालको आर्थिक विकासमा आवश्यक सहयोग पुग्ने विषयहरूमा दक्षिण कोरीया सदैव सकारात्मक रहेको बताए । छलफलमा परिसंघका पुर्व अध्यक्ष सतिसकुमार मोर, उपाध्यक्ष निर्वाण चौधरी, राजबहादुर शाह तथा रोहित गुप्ता, पदाधिकारी समिति सदस्य छाँया शर्मा तथा महानिर्देशक डा. घनश्याम ओझालगायतको सहभागिता रहेको थियो ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS