Connect IPS
IME Life

मुगुम कार्मारोङ्ग गाउँपालिकाले यार्सागुम्बा टिप्न जाने सङ्कलकको गरायो दुर्घटना बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुगुम कार्मारोङ्ग गाउँपालिकाले यार्सागुम्बा टिप्न जाने सङ्कलकहरुको दुर्घटना बीमा गराएको छ । मुगुका विभिन्न पाटनमा यार्सागुम्बा टिप्न जाने सङ्कलकहरुको सुरक्षाका लागि उक्त गाउँपालिकाले दुर्घटना बीमा गराएको हो ।

यार्सागुम्बा टिप्न जाने क्रममा र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाल्यो भने आश्रित परिवारलाई सहयोग पुगोस् भनेर गाउँपालिकाले आथिक वर्ष २०७६/७७ देखि दुर्घटना बीमा शीर्षकमा बजेट छुट्याउँदै आएको छ ।

Prabhu
Crest

यस बीमा सेवा पाउन वैधानिक रुपमा पालिकाको प्रवेश शुल्क तिरेको हुनुपर्नेछ । वनमा प्रवेश शुल्क लिँदा गाउँपालिकाले सङ्कलकको आवश्यक व्यक्तिगत विवरणसँगै लिने गरेको छ ।

त्यस्तै, पाटनमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मी, स्वास्थ्य टोली र हेराला वन सुरक्षा युवादस्तालाई पनि यस बीमा कार्यक्रममा समेटिएको पालिकाले जनाइएको छ ।

गत वर्ष यस योजनाबाट दुईजनाको परिवार लाभान्वित भएको पालिकाको भनाइ छ । बीमाबापत पीडित परिवारले न्यूनतम रु ५० हजार र अधिकतम रु एक लाख ५० हजारसम्म रकम पाउनेछन् ।

पाटनमा यार्सा टिप्नु अत्यन्तै जोखिम रहेको छ । पालिकाको यस बीमा योजनाले पीडित र आश्रित परिवारलाई ठूलो राहत पुग्ने विश्वास छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS