Connect IPS
IME Life

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा अहमद नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भिजा भुक्तानीमा विश्वव्यापी अग्रणी संस्थाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा नियुक्त गरेको छ । बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव भएको सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नेछन् ।

सब्बीर अहमदको नियुक्तिसँगै, भिजाले बंगलादेश र भुटानसँगै नेपालको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहो‍¥याएको छ । नेपालका लागि बढ्दो गतिमा डिजिटल भुक्तानीहरू अपनाउने क्रममा परिष्कृत भुक्तानी समाधानहरू प्रस्तुत गर्नमा भिजाले निरन्तर ध्यान केन्द्रित गरेको छ ।

Prabhu
Crest

भिजाले देशमा कन्ट्याक्टलेस भुक्तानी सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यसले उपभोक्ताहरूलाई आफ्नो भिजा कार्ड मार्फत अनलाइन किनमेल गर्न वा कोड स्क्यान गर्न र भिजा कार्ड मार्फत भुक्तानी गर्न सहज बनाएको छ । भिजाले सब्बीरको बजार नेतृत्वमा दक्षिण एसियाभरि डिजिटल भुक्तानी परिदृश्यमा आफ्नो वृद्धिलाई गति दिने लक्ष्य राखेको छ ।

आफ्नो नियुक्तिको अवसरमा भिजाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “विश्वभर तथा नेपालमा डिजिटल भुक्तानीमा अग्रपंक्तिमा रहेको ब्राण्ड भिजामा सामेल हुन पाउँदा म उत्साहित छु । ग्राहकहरू, नियामक र नेपालको बृहत्तर इकोसिस्टमसँग साझेदारी गर्न म महत्त्वपूर्ण भूमिका खेल्न तत्पर छु ।

हामीले बंगलादेश र भुटानका लागि डिजिटल भुक्तानीमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेका छौं । मलाई विश्वास छ कि हामीले उपभोक्ताहरू र व्यवसायहरूका लागि नवीनतम डिजिटल(पहिलो भुक्तानी समाधानहरू ल्याउन सक्छौं, जसले नेपाल र छेउछाउका बजारहरूमा डिजिटल भुक्तानीको वृद्धि ल्याउन सक्छ ।

भिजा इन्डिया र दक्षिण एसियाका ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोषले भने, “हामी नेपाल, बंगलादेश र भुटानका लागि सब्बीर अहमदलाई कन्ट्री म्यानेजरको रूपमा स्वागत गर्न पाउँदा खुसी छौं । सब्बीरको आफ्नो बलियो व्यावसायिक उपलब्धिहरू, विविध बैंकिङ अनुभव र गहिरो बजार सम्बन्धले हाम्रो नेतृत्वलाई बलियो बनाउने, व्यावसायिक उद्देश्यहरू अघि बढाउने र भिजाको लागि दिगो विकासलाई प्रोत्साहन गर्नेछ ।”

सब्बीर नेपालमा भिजाको व्यावसायिक प्राथमिकताहरू प्रवर्धन गर्न जिम्मेवार हुनेछन् । उनी र टोलीले ग्राहक, साझेदार, नियामक र इकोसिस्टम सहभागीहरूसँग भिजाको सम्बन्ध व्यवस्थापन गर्नेछन् । उनी भारत र दक्षिण एसियाका लागि भिजा नेतृत्व टोलीको हिस्सा पनि हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS