Connect IPS
IME Life

बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रदेश कार्यालयद्वारा अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकउत्सवको अवसरमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा लुम्बिनी सरकारका सभासद, पूर्व प्रदेश प्रमुख माननीय लिला गिरीको प्रमुख आतिथ्यतामा बीमा कम्पनीका प्रदेश प्रमुखहरु, बीमा प्राधिकरणका कर्मचारीहरु, निप्सका प्रतिनिधिहरु, सर्भेयरहरु, जिल्ला प्रहरी कार्यालयका प्रमुख , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, यातायात ब्यवस्था कार्यालयका प्रमुख, नेपाल राष्ट्र बैंक, कृषि विकास निर्देशनालय तथा यातायात ब्यवस्था कार्यालयका प्रमुखज्यू लगायत उद्योग ब्यवसायी संघका अध्यक्षहरु, यातायात ब्यवसायका अध्यक्षहरु र पत्रकारहरु सहभागी रहेका थियो ।

कार्यक्रमको सभापतिको आसनग्रहण नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका कार्यालय प्रमुख पूर्ण बहादुर थापाले गरेका थिए । प्रमुख अतिथिको आसनग्रहण लुम्बिनी प्रदेशका सभासद, पूर्व मुख्यमन्त्री माननीय लिला गिरी र अतिथिको आसनग्रहण नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका कार्यालय प्रमुख, कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख, यातायात व्यवस्था कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल उद्योग परिसंघ, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, नेपाल कमर्स अफ च्याम्बर, लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोख्रेल,पश्चिम नेपाल बस व्यवसायीका अध्यक्ष ददिराम खरेल, ट्रष्ट माईक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष जगत पोख्रेल, ट्रक व्यवसायी महासंघ, लुम्बिनी प्रदेश संयोजक एम प्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष रामराजा पोख्रेल , भलाई कोषका अध्यक्ष श्री दिनेश फुलेल, एसिएएन रुपन्देहीका अध्यक्ष प्रदिप भट्टराईले गरेका थिए ।

Prabhu
Crest

स्वागत मन्तब्य नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुरक्षा रेग्मीले दिएका थिए । बीमा प्राधिकरणको तर्फबाट नेपाल बीमा प्राधिकरणः विकाशक्रम र हालको अवस्था, बीमा सम्बन्धी संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्था, बीमा बजारको तथ्याङ्कीय अवस्था, लुम्बिनी प्रदेशमा बीमा क्षेत्रमा देखिएका समस्या र सो समस्या समाधानमा लुम्बिनी प्रदेश कार्यालयले गरेको प्रयास लगायतका ो कार्यपत्र प्रस्तुत गरेको थियो ।

नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका कार्यालय प्रमुख, कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख, नेपाल उद्योग परिसंघ, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, नेपाल कमर्स अफ च्याम्बर, लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोख्रेल, पश्चिम नेपाल बस व्यवसायीका अध्यक्ष ददिराम खरेलले शूभकामना मन्तब्य राखेका थिए ।

उनीहरुले बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवकौ उपलक्ष्यमा शूभकामना ब्यक्त गदैँ बीमा प्राधिकरणले राम्रो काम गर्दै आएको र नियमन कार्यलाई अझ प्रभावाकारी बनाउनु पर्ने, बीमालाई अनिवार्य गर्नु पर्ने र बीमा सेवा सबै जनता माझ पुर्याउनु पर्ने, कृषि बीमा गर्नलाई जोड दिनु पर्ने जस्ता सुझावहरु समेत ब्यक्त गरेका थिए ।

प्रमुख अतिथि पूर्व मुख्यमन्त्री तथा लुम्विनी प्रदेश सभासद माननीय लिला गिरीले शूभकामाना ब्यक्त गर्दै बाग्मती प्रदेश पछाडिको दोश्रो ठुलो बीमा ब्यवसाय लुम्बिनी प्रदेशमा रहेकोले बीमालाई गाउँ गाउँसम्म पुर्याई यसको पहुँच बढाउनु पर्ने र बीमा सम्बन्धी नीति तयारीका लागि सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । साथै लुम्बिनी प्रदेशबाट निबन्ध प्रतियोगितामा प्रथम हुनु भएका तिर्सना पराजुलीलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रमुख अतिथिले प्रदान गरेका थिए ।

शूभकामना आदन प्रदान कार्यक्रममा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई नेपाल बीमा प्राधिकरणका लुम्विनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले धन्यवाद ज्ञापन गर्दै उपस्थित बीमा कम्पनीका प्रदेश प्रमुख, नेपाल सरकार रुपन्देही जिल्लाका कार्यालय प्रमुखहरु, उद्योग ब्यवसायी, यातायात ब्यवसायी, बीमा सर्भेयर तथा बीमा अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS