Connect IPS
IME Life

सहकारीको नियमन गर्न विशिष्टीकृत निकाय स्थापना गर्ने घोषणा, मर्जरमा जान प्रोत्साहन गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले सहकारी संस्थाहरुको नियमन गर्न विशिष्टीकृत निकायको स्थापना गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो। ‘सहकारी संस्थाहरु स्थापनाको उद्देश्यअनुरुप सञ्चालन हुने व्यवस्था गरिनेछ। सहकारी नीतिलाई समयानुकूल बनाइनेछ’, आज संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘सहकारी संस्थाहरुको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना गरिनेछ।’

Prabhu
Crest

सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र र सहकारी कर्जा असुली न्यायाधीकरणमार्फत सहकारी क्षेत्रको बचत तथा लगानीको सुरक्षित गरिने सरकारको नीति रहेको छ। ‘सहकारी संस्थाहरु अनिवार्य रुपमा सूचना प्रणालीमा आबद्ध हुने व्यवस्था गरिनेछ’, पौडेलले भने।

सरकारको शेयर स्वामित्व भएका सहकारी संस्थालाई एकीकरण गर्ने व्यवस्था मिलाइने सरकारको नीति रहेको पनि पौडेलले बताए। ‘सहकारीहरुलाई एक आपसमा गाभ्न प्रोत्साहन गरिनेछ’, उनले भने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS