Connect IPS
IME Life

सरकारको प्राथमिकतामा पुँजीबजार, यसअघिका सुझाव कार्यान्वयन गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राखेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आज संसदमा प्रस्तुत भइरहेको नीति तथा कार्यक्रममा पुँजीबजारलाई पनि प्राथमिकतामा राखिएको हो। पुँजी बजार सुधारका लागि यसअघि भएका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने सरकारले नीति लिएको राष्ट्रपति पौडेलले बताए।

Prabhu
Crest

नियमन र सुपरिवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइने पौडेलले बताए। ‘बैंक तथा वित्तीय संस्था, लघुवित्त र पुँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गरिनेछ’, उनले भने।

व्यावसायिक वातावरण तयार गरी उद्योगी–व्यवसायीको मनोबल बढाइने सरकारको नीति रहेको छ। ‘छरिएर रहेका साना पुँजीलाई एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवं बन्द भएका उद्योग–कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको’, पौडेलले भने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS