Connect IPS
IME Life

आइएमई लाइफ इन्स्योरेन्सद्वारा ५ लाख ३२ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सल्यान शाखा कार्यालयले ५ लाख ३२ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । शारदा नगरपालिका वडा नं २ खलंगा गैरागाउँका हुकुम खड्काको उपचारको क्रममा केही महिना अगाडि मृत्यु भएको थियो । कम्पनीले उक्त रकम मृतक बीमितका पत्नी सीता राणा खड्कालाई प्रदान गरेको हो ।

सोमबार शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी र कम्पनीका सल्यान शाखा प्रमुख भरत रोकाय सहितको सहभागितामा बीमितको घरमै पुगेर चेक हस्तान्तरण गरेको हो । खड्काले करिब २ वर्ष अगाडी मात्र आइएमई लाइफ इन्स्योरेन्समा बीमामा गरेका थिए ।

Prabhu
Crest

दावी भुक्तानी रकम हस्तान्तरण गर्दे नगरप्रमुख भण्डारीले बिमाको महत्व बढ्दै गएको र नगरपालिकाले यो वर्ष पालिका भित्रका सबै नागरिकको बीमा गर्ने तयारी गरेको समेत बताए ।

आइएमई लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख रोकायले बीमाको महत्वबारे प्रकाश पार्दै बीमा अपरिहार्य रहेको बताए ।

सो अवसरमा इन्स्योरेन्सका बिएसए संगीता थापा मगर, एमडीआरटी धर्मराज योगी, एजेन्सी म्यानेजर लता कुमारी भण्डारी, टेक माइन्ड नेटवर्क कर्णाली प्रदेश प्रमुख संगम बिहानी लगायतको सहभागिता रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS