Connect IPS
IME Life

बीमा प्राधिकरण ५६ औँ वर्षमा प्रवेश, वित्तीय क्षेत्रमा बीमालाई अग्रस्थानमा पुर्याउने प्रतिबद्धता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले वित्तीय क्षेत्रमा बीमा क्षेत्रलाई अग्रस्थानमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरण मिति २०८१ साल जेठ १ गतेदेखि आफ्नो स्थापनको ५५ औँ वर्ष पूरा गरी ५६ औँ वर्षमा प्रवेश गरेको छ। यस सुखद् अवसरमा अध्यक्ष सिलवालले शुभकामना सन्देश जारी गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। मानव जीवन, सम्पत्ति एवं दायित्वमा आउनसक्ने जोखिमविरूद्ध आर्थिक सुरक्षा प्रदान गर्ने सबल एवं विश्वासिलो वित्तीय उपकरणका रुपमा रहेको बीमालाई अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउँदै विपन्न एवं न्यून आय तथा सीमान्तकृत वर्गसम्म पुर्याउन प्राधिकरणले महत्वूर्ण भूमिका निर्वाह गर्दै आएको सिलवालले उल्लेख गरेका छन्। ‘नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, बीमा कम्पनीहरु एवं सम्पूर्ण सरोकारवालाहरुको संयुक्त प्रयासबाट आर्थिक बर्ष २०८०।८१ को तेस्रो त्रैमासिकसम्ममा बीमाको पहुँच ४३ प्रतिशतभन्दा बढी जनतामा पुग्न सफल भएको छ भने आगामी दिनमा यो प्रतिशत अझै बढ्दै जाने प्राधिकरणको विश्वास रहेको छ’, उनले भनेका छन्।

Prabhu
Crest

बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशबाट सिर्जित चुनौतीहरुको सामना गर्दै प्राप्त अवसरहरुबाट उच्चतम लाभ हासिल गर्न, गुणस्तरीय बीमा सेवामार्फत बीमा क्षेत्रप्रति आम नागरिकको विश्वसनीयता अभिवृद्धि गर्न, बीमा क्षेत्रका विद्यमान समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय अर्थतन्त्रमा बीमा क्षेत्रको योगदानमा अभिवृद्धि गर्न हालै मात्र राष्ट्रिय बीमा नीति स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अध्यक्ष सिलवालले अवगत गराएका छन्। ‘बीमा नीतिले परिकल्पना गरेको सहज, पहुँचयुक्त, विश्वसनीय, सुदृढ र गुणस्तरीय बीमा सेवाको विकास गर्न सरोकारवालाहरुको साथ र सहयोगको अपेक्षा गर्दछु’, उनले भनेका छन्।

बीमकहरुको जोखिम बहन क्षमता बढाउन, पुँजीगत आधार बलियो बनाउन, संस्थागत सुशासन कायम गरी बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउन र बीमितको जीवन तथा सम्पत्तिको आर्थिक सुरक्षालाई प्रभावकारी बनाउन चुक्तापुँजी वृद्धि गर्ने प्राधिकरणको निर्णयले बीमा कम्पनीहरु मर्जर तथा प्राप्ति हुने अभियानले बीमकहरुलाई थप सशक्त बनाएको सिलवालको भनाइ छ। ‘साथै, बीमा क्षेत्रको लगानीयोग्य रकम मूलुकको सर्वपक्षिय विकासका कामहरुमा लगानी गर्न, विदेशी मुद्राको बर्हिगमन रोक्न तथा पुनर्बीमकहरुको पूँजीगत आधार बलियो बनाई वित्तीय अवस्थालाई सशक्त तुल्याउन पुनर्बीमकहरुको समेत पुँजी वृद्धि गर्ने नीति अख्तियार गरिएको छ’, उनले भनेका छन्।

बीमा क्षेत्रको विकाससँगै स्थानीय तहसम्म बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, न्यून आय भएका विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउन, समयमै बीमा दाबी भुक्तानी गर्ने व्यवस्था गरी बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी घरलगायतका सम्पत्तिको बीमालाई प्रभावकारी बनाउन र लघुबीमा प्रवर्द्धधन गर्न प्राधिकरण निरन्तर लागिरहेको सिलवालले उल्लेख गरेका छन्। ‘बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन तथा बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय र भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवं बीमा व्यवसायको प्रभावकारी नियमन गरी बीमितको हकहित संरक्षण गर्ने उद्देश्यले स्थापित प्राधिकरणको ५६औँ वार्षिकोत्सवका अवसरमा बीमा क्षेत्रको समग्र विकास एवं विस्तारमार्फत आगामी दिनहरुमा वित्तीय क्षेत्रमा बीमा क्षेत्रलाई अग्रस्थानमा पुरÞ्याउने गरी आ–आफ्ना क्षेत्रबाट योगदान पुरÞ्याउन सरोकारवाला सबैमा आग्रह गर्दछु’, उनले भनेका छन्, ‘समग्र बीमा क्षेत्रमा सुशासन कायम गर्दै अर्थतन्त्रको विकास र समृद्धिमा प्राधिकरणको भूमिका निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यसका साथै अध्यक्ष सिलवालले बीमा प्राधिकरणका सञ्चालकहरु, कार्यकारी निर्देशकलगायत कर्मचारी, बीमित, बीमक, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक संस्थाहरु तथा बीमा क्षेत्रसँग सम्बद्ध सबै सरोकारवालाहरुमा हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS