Connect IPS
IME Life

जीवन बीमकको व्यापार १ खर्ब ९ अर्ब माथि, दुई कम्पनीको सामान्य घट्दा अन्यको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८० /८१ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । समिक्षा अवधिको चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ९ अर्ब ६१ करोड ७५ लाख ५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ९७ अर्ब ६५ करोड ३३ लाख ९८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका हुन् । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन १२ प्रतिशतले बढी हो ।

यस अवधिमा २ कम्पनीको खुद बीमा शुल्क घटेको छ । यस अवधिमा एलआइसी नेपालको व्यापार ० दशलमव प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले १२ अब ८६ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफको व्यापार गत वर्षको तुलनामा १ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest


यस अवधिमा सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै रहेको छ । यस अवधिमा कम्पनीले २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले १२ अर्ब ६२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । हिमालयन लाइफले १२ अर्ब २ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले ६ अर्ब ३७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले ५ अर्ब ६१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सानिमा सिलायन्स लाइफले ४ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले ३ अर्ब ९९रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी मेट लाइफले ३ अर्ब ९७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले ३ अर्ब ११ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले २ अर्ब ९६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले २ अर्ब ७३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS