काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव २६ अंकले बढेर १,९७४ को विन्दुमा कायम भएको छ । आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनकिो शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सृजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ७ दशमलव५२ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड अजोड इन्स्योरेन्सका लगानीकर्ताले ५ दशमलव ६९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् ।