Connect IPS
IME Life

लगातार बढ्दै शेयर धितो कर्जाको माग, १ करोड माथि लिने करिब १८%ले बढे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार केही समययतादेखि साइडवेजमा चलिरहेको छ। ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। ठूला लगानीकर्ता प्रवेश नगरेकोले बजारले गति लिन नसकेको जानकारहरु बताउँछन्।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो कर्जा प्रवाह भने बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएको थियो। हाल ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार कायम गरिएको छ। यसअघि ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा १५० जोखिम भार कायम गरिएको थियो।

Prabhu
Crest

राष्ट्र बैंक लचिलो बन्दै जानुले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने शेयर धितो कर्जा पनि बढ्न थालेको हो। बैंक तथा वित्तीय संस्थाबाट चालु आर्थिक वर्षको ९ महिना चैतसम्म शेयर धितोमा ८६ अर्ब १८ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन असार मसान्तसम्मको तुलनामा १२.९ प्रतिशतले बढी हो। असार मसान्तमा शेयर धितो कर्जा ७६ अर्ब ३० करोड ८३ रुपैयाँ थियो।

तथ्यांकअनुसार १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा १७.७ प्रतिशतले बढेको छ। चैतसम्म १ करोड रुपैयाँ माथिको कर्जा ५२ अर्ब ६१ करोड ३० रुपैयाँ प्रवाह भएको छ। असार मसान्तमा १ करोड रुपैयाँ माथिको कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ प्रवाह भएको थियो।

यसैगरी चैतसम्म ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा २ प्रतिशतले बढेर १२ अर्ब ९१ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो कर्जा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ थियो।

यो ९ महिनामा २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा ११ प्रतिशतले बढेर १४ अर्ब १८ करोड ४७ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो कर्जा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ रहेको थियो।

तथ्यांकअनुसार २५ लाख रुपैयाँभन्दा कम शेयर धितो कर्जा ४.९ प्रतिशतले बढेको छ। यो ९ महिनामा यो रेन्जको कर्जा ७ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS