IME Life

शिखर इन्स्योरेन्सको नाफा २६ प्रतिशतले बढ्दा खुद बीमा शुल्क आर्जन पनि १६ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३९ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २६ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको स्पेशल रिर्जभमा १ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ रहेको छ । संचिती जगेडा कोषमा २६ करोड ११ लाख रुपैयाँ रहेको छ । अन्य इक्वटीमा ५८ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ५७ करोड २० लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १६ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बृद्धि भएको हो ।

यस अवधिमा कम्पनीले १ अर्ब ८ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९३ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १६ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले ५ करोड ७५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३० लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ६० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १९९.४९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS