IME Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५५%ले बढ्यो नाफा, साढे २ अर्ब माथिको स्पेसल रिजर्भ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०.८१ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

२ अर्ब ६२ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ४७ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५५.३२ प्रतिशतले वृद्धि भएको हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म  कम्पनीको स्पेसल रिजर्भ शीर्षकमा २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ३८ करोड २१ लाख रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४३ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २८.३२ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै कम्पनीले १ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १५.५७ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २४.१७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २४४.०५ रुपैयाँ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS