Connect IPS
IME Life

नेपाल लाइफको कुल बीमा शुल्क आर्जन ८% ले वृद्धि, बीमा कोषमा १ खर्ब ८९ अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

८ अर्ब २० करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले  ४९ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२.२१ प्रतिशतले वृद्धि भएको हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा सिर्षकमा  ४ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ११ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा २ अर्ब २९ करोड ८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९ /८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १ खर्ब ६३ अर्ब ५५ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १५.६७ प्रतिशतले वृद्धि भएर १ खर्ब ८९ अर्ब १८ करोड पुगेको छ ।

चैत्र मसान्तसम्ममा कम्पनीले २९ अर्ब ४३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ अर्ब २५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ७.९७ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३० करोड ६० लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ३३ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.५० प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले २ अर्ब १९ करोड २४ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २३ करोड ४३ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ९.८० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४८.६५ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS