काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।
५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा २२ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको महाविपत्ती कोषमा ३ लाख ४६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा २७ लाख ३ हजार रुपैयाँ रहेको छ ।
चैत्र मसान्तसम्ममा कम्पनीले १ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत १ करोड ५३ लाख रुपैयाँ खर्चिएको छ । कम्पनीले यस अवधिमा ३३ लाख १३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । समिक्षा अवधिमा कम्पनीले ३० हजार रुपैयाँ अभिकर्ता कमिशनमार्फत खर्चिएको छ ।