Connect IPS
IME Life

नेपाल मोबिलिटी सोलुन्सन्सले सञ्चालन गर्यो जुमजुम, सुरक्षित, छिटो, स्मार्ट राइड सेयरिङ प्लाटफर्म

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल मोबिलिटी सोलुन्सन्सले गर्वका साथ “जुमजुम”, नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ। नेपाल मोबिलिटी सोलुसन्स अन्तर्गत एक ब्रान्डको रूपमा, जुमजुम, आफ्ना ग्राहकहरूको सहज र सुबिधायुक्त यात्राका लागि नयाँ विशेषताका साथ् प्रस्तुत भएको छ ।

नेपाली कम्पनी, एफ यलभ सफ्ट ग्रुपको विज्ञहरुद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिक मी द्वारा विकसित एप, जुमजुमले, नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकता बमोजिम सुविधा प्रदान गर्ने अपेक्ष्या राखेको छ ।

Prabhu
Crest

एफ वन सफ्ट ग्रुपका सुबाश शर्माले आफ्नो उत्साह व्यक्त गर्दै भने, एफ वन सफ्ट सँधै डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको छ, नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको छ। जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा यस् इकोसिस्टममा समावेश गर्नेछौ ।“

प्रयोगकर्ता मैंत्री इन्टरफेस रहेको जुमजुम एप मार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्नुको साथै रियलटाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झट–रहित यात्राको अनुभव सुनिश्चित गर्दछ। जुमजुमले ड्राइभरहरूको लागि प्रमाणिकरण प्रक्रियाहरू र एप भित्र सुरक्षा उपायहरूको साथ यात्रुहरुको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

सुविधाहरु
इसेवा मार्फत सजिलो भुक्तनीः जुमजुममा भक्भधब डिजिटल वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ जसले यात्रुहरूलाई खुद्रा पैसाको लागि लिनु पर्ने झन्झटबाट मुक्त बनाउँछ । साथै चालकहरूले भक्भधब मार्फत तत्काल भुक्तानीहरू प्राप्त गर्न सक्नुहुनेछ ।

मलटिपल बुकिङः जुमजुममा विभिन्न गन्तव्यहरूको यात्रा सुव्यवस्थित गर्दै व्यक्ति वा समूहले सहजै एकैसाथ धेरै सवारीहरू बुक गर्न सक्नुहुनेछ ।

गुगल म्यापः जुमजुमसंग आफ्नो सहि गन्तव्य सुनिश्चित गर्नुहोस् । गुगल म्यापमार्फत सही नेभिगेसन र वास्तविक समयको ट्राफिक अपडेटहरूको साथ कुशल मार्ग योजना र प्रयोगकर्ता अनुभव सक्नुहुनेछ ।

बुक फर ए फ्रेन्डः जुमजुममा प्रयोगकर्ताहरूले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सक्नुहुनेछ ।

बीमा कवरेजः बीमा कभरेजले प्रयोगकर्ताहरूलाई अप्रत्याशित घटनाहरूबाट सुरक्षा सुनिश्चित गर्दछ । सुरक्षालाई प्राथमिकता दिँदै जुमजुमले यात्रु र चालक दुवैका लागि रु.५ लाख सम्मको बिमा प्रधान गर्दछ ।

साथै जुमजुमले चालकहरूको लागि थप आर्थिक अवसरहरू समर्थ गर्दछ, डाइरेक्शनल हायर जस्ता सुविधाहरू मार्फत, चालकहरूलाई उनीहरूको इच्छित यात्रा दिशामा यात्राहरू स्वीकार गर्न अनुमति दिँदै, एउटै दिशामा जाने यात्रुहरूसँगको यात्रा सुनिश्चित गर्दछ ।

जुमजुमले पहिलो तीन सवारीहरूमा ७५% छुटको प्रस्तावको साथ यात्रुहरूको लागि अविश्वसनीय बचतमा जोड दिएको छ । थप रूपमा, चालकहरूले रु. १००० ज्वाइनिङ बोनस सहित आकर्षक बोनसहरूबाट लाभ उठाउँन सक्छन । प्रारम्भिक दुई हप्ताको लागि ०% कमिशन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जती धेरै राइड त्यती कम कमिसनको योजना ल्याएको छ, साथै चालकहरु दैनिक बोनस रु. २००० सम्म कमाउन सक्छन ।

श्रीलंकाका CEO जिफ्री जुल्फरले भने, “हामी F1Soft International सँग हाम्रो उन्नत राइड सेयरिङ प्रविधि नेपालमा ल्याउन पाउँदा उत्साहित छौं । यो सहकार्यले हाम्रो साझा दृष्टिकोणलाई प्रकाशित गर्दछ जसमा गतिशीलता र जीवनमा सुधार ल्याउन प्रविधिको प्रयोग गरिन्छ । जुमजुमले नेपालमा यातायातमा नयाँ रुप फेर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।”

डाउनलोड लिङ्कः
चालक एपः https://me-qr.com/l/JumJumDX
यात्रु एपः https://me-qr.com/l/JumJumPX

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS