IME Life
GBIME

एलआइसी नेपालको खुद ब्यापार १२ अर्ब ८६ करोड, बीमा कोषको आकार ११.९० प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०८० /८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । २ अर्ब ६५ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा १९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७५.२६ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा शिर्षकमा ६ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा ५३ करोड ८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा २ अर्ब ७ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

Crest

त्यस्तै, आर्थिक वर्ष २०७९ /८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १ खर्ब ४ अर्ब ८९ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ११.९० प्रतिशतले वृद्धि भएर १ खर्ब १७ अर्ब ३७ करोड पुगेको छ ।

चैत्र मसान्तसम्ममा कम्पनीले १२ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ९४ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ०.३७ प्रतिशतले घटेको हो।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ करोड ७५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा १२ अर्ब ८६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ८७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ०.०५ प्रतिशतले घटेको हो।

समिक्षा अवधिमा कम्पनीले ९३ करोड ५९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड २६ लाख रुपैयाँ खर्चिएको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS