काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार २ दशमलव ०६ अंकले बढेर १,९६० को विन्दुमा कायम भएको छ । आज १२० कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज ८ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको ५ करोड १७ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्तका लगानीकर्ताले ७ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव २३ प्रतिशतका दरले गुमाएका छन् ।