काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने जनाएको छ ।
कम्पनीले व्यतित भएका बीमालेखहरु २०८० वैशाख २३ गतेदेखि २०८० वैशाख ३१ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज) मा ७५ प्रतिशत छुट गर्ने जनाएको छ ।
यस योजनामा समावेश भइ पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पन गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्कको छुटको सम्पुर्ण रकम कट्टा गरिनेछ । एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् ।