Connect IPS
IME Life

लामो समयदेखि बाँकी बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई प्रभु इन्स्योरेन्सको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्सले विभिन्न समयमा परेको बीमा दाबीको भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको हो। विभिन्न समय परेको दाबीहरुको निवदेन प्राप्त भएको तर हालसम्म दाबी फर्छ्यौट प्रक्रियाका लागि आवश्यक कागजपत्रसहित सम्पर्कमा नआएपछि कम्पनीले यस्तो आग्रह गरेको हो।

Prabhu
Crest

लामो समयदेखि दाबी भुक्तानी बाँकी रहेको हुँदा दाबी फर्छ्यौटका लागि आवश्यक कागजपत्र (कोभिड दाबीबाहेक)सहित कम्पनीको नजिकका प्रदेश, शाखा तथा उपशाखा कार्यालय वा केन्द्रीय कार्यालयमा सम्पर्कमा आउन कम्पनीले आग्रह गरेको छ। यसका लागि सम्बन्धित सर्भेयरलाई यथाशीघ्र सम्पर्क गरी आफ्नो बीमा दाबीको सम्बन्धित कागजात बुझाइ दाबी फर्छ्यौट कार्यमा सहयोग गरिदिन कम्पनीले अपिल गरेको छ।

यो सूचना प्रकाशित भएको २१ दिनभित्र दाबीसम्बन्धी आवश्यक कागजात प्राप्त नभएमा त्यस्तो सबै दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS