Connect IPS
IME Life

न्यादी हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । न्यादी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १५ करोड ११ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १५ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा २० करोड ९८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको सञ्चालन मुनाफा १९ करोड ७ लाख रुपैयाँ रहेको छ। सञ्चालन मुनाफा थोरै बढेको छ।

Prabhu
Crest

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी केही घटेर ४३ करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले ४३ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी ४९ करोड ४२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीको अन्य इक्विटी ३४ करोड ६५ लाख रुपैयाँले ऋणात्मक थियो।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १३.४४ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीको ईपीएस ११.३८ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ६७.०५ रुपैयाँ झरेको छ। अघिल्लो वर्ष प्रतिशेयर नेटवर्थ ७६.९० रुपैयाँ थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS