IME Life
GBIME

शेयर बजारमा १४ अंकको बृद्धि हुँदा १८० कम्पनीको शेयर मूल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार १४ दशमलव ३३ अंकले बढेर १,९८० को विन्दुमा कायम भएको छ । आज १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मल्टीपर्पस फाइनान्सको १० करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स पावरको ९ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले ७ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले ६ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । वेष्ट फाइनान्सका लगानीकर्ताले ६ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशलमव ६३ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS