IME Life
GBIME

विकास ऋणपत्रमार्फत रु. ५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सरकारले ५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋणपत्र व्यवस्थापन कार्यालयले वैशाख २० गते विकास ऋणपत्र २०८९ ‘ग’ जारी गर्न लागेको हो। यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसको साँवा भुक्तानी २०८९ वैशाख २० गते हुनेछ।

यो विकास ऋणपत्रको बोलकबोल वैशाख १८ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यालयले जनाएको छ। यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जित ब्याजमा कर लाग्नेछ।

Crest

यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन्। ब्याजदर निर्धारण भने बोलकबोलबाट हुनेछ। यो ऋणपत्र धितोका रुपमा राखी कर्जा लिन वा दिन पाइनेछ। इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन पाउनेछन्।

कार्यालयले प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोललाई क्रमशः निष्कासित रकमको ८५ प्रतिशत र १५ प्रतिशत अर्थात ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ र १ अर्ब १५ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने कार्यालयले स्पष्ट पारेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS