IME Life
GBIME

शेयर बजारमा १५ अंकको गिरावट हुँदा १८६ कम्पनीको शेयर भाउ घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४१ अंकले घटेर १,९६९ दशमलव ०२ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर किनबेच हुदा २ अर्ब ५ करोड ८३ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावर कम्पनीको १० करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । प्रभ् स्मार्ट फण्डका इकाईधनीले ५ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् । कुमारी धनबृद्धि योजनका इकाईधनीले ५ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ७ दशलमव ३७ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS