Connect IPS
IME Life

आयात–निर्यात दुवै घट्यो, व्यापार घाटा साढे १० खर्ब माथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमास (साउन–चैत)सम्म नेपालको आयात र निर्यातमा दुवै घटेको छ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासको तुलनामा आयात र निर्यात दुवै घटेको हो। चालु आर्थिक वर्षको यो वर्षको ९ महिनामा ११ खर्ब ६७ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। जब कि अघिल्लो आर्थिक वर्षको यही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। यो हिसाबले २.८४ प्रतिशतको गिरावट छ।

Prabhu
Crest

यस्तै समीक्षा अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष यही अवधिमा १ खर्ब १८ अर्ब रुपैयाँको वस्तु निकासी भएको थियो। वस्तु निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ।

आयात र निर्यात नै घटेपछि समग्र वैदेशिक व्यापारमा समेत गिरावट आएको छ। तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापार २.९२ प्रतिशतले घटेर १२ खर्ब ८१ अर्ब रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब रुपैयाँको थियो।

नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब रुपैयाँ छ। अघिल्लो वर्षको तुलनामा २.७५ प्रतिशतले सुधार भएको हो। अघिल्लो वर्ष यही अवधिसम्म १० खर्ब ८३ अर्ब रुपैयाँको व्यापार घाटा भएको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS