काठमाडौं । शेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ को विन्दुमा झरेको हो।
आज २७ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। २११ कम्पनीको शेयरभाउ घट्दा ६ वटाको स्थिर रहेको छ।
यो दिन ३१५ कम्पनीका ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२.७८ रुपैयाँमा किनबेच भएका छन्। आज गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
आज सर्वाधिक कारोबार भएका कम्पनीहरु
- गोर्खाज फाइनान्सः १७ करोड ८२ लाख रुपैयाँ
- सूर्यज्योति लाइफ इन्स्योरेन्सः १० करोड ५१ लाख रुपैयाँ
- पोखरा फाइनान्सः ७ करोड ३७ लाख रुपैयाँ
- शिवम सिमेन्टः ५ करोड ४५ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ५ करोड ३० लाख रुपैयाँ
- सर्वोत्तम सिमेन्टः ५ करोड १६ लाख रुपैयाँ
- नेपाल टेलिकमः ४ करोड ५८ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ३ करोड ९९ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ३ करोड ४९ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः ३ करोड २४ लाख रुपैयाँ