IME Life
GBIME

लगातार बलियो बन्दै अमेरिकी डलर, भाउ आज फेरि नयाँ उचाइमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अमेरिकी डलर लगातार बलियो बन्दै गएको छ। डलरको तुलनामा नेपाली मुद्रा कमजोर बनिरहेको छ। डलरको भाउले आज बुधबार नयाँ रेकर्ड कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको हो।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तय गरेको विदेशी मुद्राको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्री दर १३३.९६ रुपैयाँ र खरिद दर १३३.३६ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। यसअघि हिजो वैशाख ४ गते १ अमेरिकी डलरको बिक्री दर १३३.८३ रुपैयाँसम्म पुगेको थियो।

Crest

भारतीय र नेपाली मुद्राबीच स्थिर विनिमय दर रहेको छ। पछिल्लो समय भारतीय मुद्राको तुलनामा डलर बलियो बन्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली मुद्रामा परेको हो।

डलर बलियो हुँदा विदेशबाट रेमिट्यान्स पठाउनेहरुलाई फाइदा हुन्छ। निर्यातमा संलग्न व्यवसायीहरुलाई पनि ठूलै राहात हुन्छ । तर, नेपालको अर्थतन्त्र आयातमुखी रहेकोले डलरको भाउ बढ्दा व्यापारको लागत बढ्न सक्छ। व्यापारको लागत बढ्दा महँगी बढ्ने र यसको प्रत्यक्ष प्रभाव आममानिसको दैनिकी देखिन्छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS