काठमाडौं । शेयर बजारको गिरावट जारी रहेको छ। आज पनि नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ को विन्दुमा झरेको छ।
नेप्से २००० तल झर्दा २०० कम्पनीको शेयरभाउ घटेको छ। आज ४२ वटा कम्पनीको शेयरभाउ बढ्दा २ वटाको भने स्थिर रहेको छ।
यो दिन २ अर्ब १० करोड रुपैयाँ बढीको कारोबार भएको छ। कारोबार हिजोको तुलनामा कम हो। आज गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- गोर्खाज फाइनान्सः १७ करोड ५९ लाख रुपैयाँ
- सूर्यज्योति लाइफ इन्स्योरेन्सः ७ करोड ४३ लाख रुपैयाँ
- पोखरा फाइनान्सः ६ करोड ६८ लाख रुपैयाँ
- सर्वोत्तम सिमेन्टः ४ करोड ५९ लाख रुपैयाँ
- शिवम सिमेन्टः ४ करोड ४७ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ४ करोड ३० लाख रुपैयाँ
- ग्रीन डेभलपमेन्ट बैंकः ३ करोड ६४ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ३ करोड ४६ लाख रुपैयाँ
- युनाइटेड अजोड इन्स्योरेन्सः ३ करोड ४२ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ३ करोड ४१ लाख रुपैयाँ