काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको २०८१ वैशाख ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल सरकार र बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि बितरण हुने छ ।
1713189279021