काठमाडौं । शेयर बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को विन्दुमा झरेको हो।
बजार घट्दा ५२ कम्पनीको शेयरभाउमात्रै उकालो लागेको छ भने १८४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये ३१४ कम्पनीका ७२ लाख २३ हजार ७७३ कित्ता शेयर २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ बढीमा कारोबार भएको छ। यो दिन ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार १० कम्पनी
- ङादी ग्रुप पावरः १७ करोड ७३ लाख रुपैयाँ
- सिवाईसी नेपाल लघुवित्तः ७ करोड ७० लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ६ करोड ९१ लाख रुपैयाँ
- सूर्यज्योति लाइफः ६ करोड ५० लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ६ करोड ३१ लाख रुपैयाँ
- पोखरा फाइनान्सः ६ करोड २८ लाख रुपैयाँ
- गोर्खाज फाइनान्सः ६ करोड २८ लाख रुपैयाँ
- नेपाल फाइनान्सः करोड ७३ लाख रुपैयाँ
- एनआईसी एशिया लघुवित्तः ४ करोड १८ लाख रुपैयाँ
- आइएमई लाइफः ४ करोड १ लाख रुपैयाँ