काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम वैशाख ७ गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले वैशाख ४ गते पहिलो सिफ्ट दिउँसो २ बजेबाट ३ः३० बजेसम्म, वैशाख ६ गते दिउँसो २ बजेबाट ३ः३० बजेसम्म र वैशाख ७ गते दिउँसो १२ बजेबाट १ः३० बजेसम्म संचालन हुने जनाएको छ।