काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी रन्जिता मानन्धरको नाममा रहेको ११ हजार ६९८ कित्ता र चन्द्रा देवी कँडेलको नाममा रहेको १५ हजार ७६६ कित्ता शेयर बिक्री गर्ने भएको हो ।
उक्त शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।
बैंकले तोकिएको यस समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ती संस्थाका लागि विक्री गरिने जनाएको छ ।