Connect IPS
IME Life

पर्यटन बोर्ड सञ्चालक समितिका नवनियुक्त सदस्यको स्वागत, नीतिगत सुधार पर्यटन प्रर्वद्धनमा जोड दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन बोर्ड कार्यकारी समितिका नवनियुक्त सदस्यहरुलाई आइतवार औपचारिक रुपमा स्वागत गरेको छ ।
गत चैत्र १५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्य पदमा पर्यटन व्यवसायीहरु ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गरेको थियो । बोर्ड सदस्यको नियुक्तिसंगै माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ ।

नवनियुक्त तीनै जना बोर्ड सदस्य लामो समय देखि पर्यटन व्यवसायमा सक्रिय व्यवसायी छन् । निजी क्षेत्रबाट मदन आचार्य र मिलन देवकोटा सदस्यका रुपमा रहेका छन् ।

Prabhu
Crest

स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड सदस्यहरुले पर्यटन बोर्डलाई चलायमान बनाउन आफुहरु नीतिगत सुधार, पर्यटन प्रर्वद्धनमा जोड दिने बताए । उनीहरुले निजी क्षेत्र ,बोर्ड सदस्य तथा बोर्डका कर्मचारीहरुमा हुने सकारात्मक चिन्तन र कार्यलेमात्र पर्यटन बोर्डको गरिमालाई माथि उठाउन सकिने धारणा समेत राखे ।

बोर्ड सदस्य ऋषिराम भण्डारीले पर्यटन प्रर्वद्धनका लागि नीतिगत तथा अन्य समस्याहरु समाधान गर्दै सबैलाई समेटेर अगाडी जान आफहरुले प्रयास गर्ने बताए । यस्तै अर्का सदस्य राजेन्द्र बहादुर लामाले नेपालको पर्यटन विस्तारै लयमा फर्किदै गएको अवस्थामा यसलाई थप प्रभावकारी बनाउन अब बैक थ्रु हुनेगरि काम गर्नु पर्नेमा जोड दिए ।

रामप्रसाद सापकोटाले आफहरुको एकमात्र उद्देश्य नेपालको पर्यटन प्रर्वद्धन गर्नु रहेको उल्लेख गर्दै त्यसको लागि निजी क्षेत्र र बोर्डका कर्मचारीहरुको सुझाका आधारमा आफहरु अघि बढ्ने बताए ।

कार्यक्रममा नवनियुक्त बोर्ड सदस्हरुलाई स्वागत गर्दै बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले नयाँ सदस्यहरुको नियुक्तिसंगै बोर्डले पूर्णता पाएको उल्लेख गर्दै नयाँ सदस्यहरुका अनुभवहरुले नेपालको पर्यटन प्रर्वद्धन गर्न तथा बोर्डलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

सो अवसरमा निर्देशक मणीराज लामिछानेले पर्यटन बोर्डको समग्र अवस्था र भावी कार्ययोजना र चुनौतीका बारेमा प्रस्त्तिकरण दिएका थिए । यस्तै निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बोर्डले झेलिरहेका नीतिगत समस्या र समाधानका लागि भइरहेको प्रयास र बोर्डले गर्नु पर्ने थप पहलका बारेमा जानकारी गराए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS