IME Life
GBIME

सुखद रहेन नयाँ वर्षको पहिलो कारोबार, नेप्सेमा झिनो गिरावट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ५३ अंकले घटेर २,०२३ को विन्दुमा कायम भएको छ । आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्स कम्पनीको ११ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको १० करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सृजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ७२ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS