Connect IPS
IME Life

पौने २५ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै सरकार, सोमबार बोलकबोल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले पौने २५ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २४ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्न लागेको हो।

Prabhu
Crest

जसअन्तर्गत २८ दिने ५ अर्ब रुपैयाँको, ९१ दिने ७ अर्ब ७० करोड रुपैयाँको, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ७ अर्ब रुपैयाँको ट्रेजरी बिल वैशाख ४ गते जारी गरिनेछ। यी ट्रेजरी क्रमशः जेठ १ गते, साउन १ गते, असोज २९ गते र २०८२ वैशाख २ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार (वैशाख २ गते) बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS