IME Life
GBIME

कस्तो रह्यो वर्ष २०८० मा बीमा क्षेत्र ? के-के आए नियामकीय व्यवस्था ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । विश्व अर्थतन्त्र केही समयता आर्थिक मन्दी सुस्त बनेको छ। त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परिरहेको छ। वर्ष २०८० कै कुरा गर्ने हो भने गत साल २०८० मा उद्योग–व्यवसाय सुस्ताएका छन्। शेयर बजार साइडवेजमा चलिरहेको छ। घरजग्गा कारोबार पनि घटेको छ। अटो सेक्टरमा पनि उस्तै अवस्था छ।

नेपालको बीमा क्षेत्रका लागि पनि वर्ष २०८० खासै सुखद् रहन सकेछ। यद्यपि, बीमा क्षेत्र यो वर्ष दुःखद् पनि रह्यो भन्ने अवस्था पनि छैन। बीमा क्षेत्रलाई यो ठीकठाकै रह्यो। हाल नेपालमा १४ जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र ३ वटा लघु निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्।

Crest

यो वर्षको फागुनसम्मको तथ्यांक हेर्ने हो जीवन र निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ८५ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष २०७९ फागुनसम्मको तुलनामा ४.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कम्पनीहरुले १ खर्ब १९ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

यो वर्ष फागुनसम्म जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ७२ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

यसैगरी यो वर्ष फागुनसम्म निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क समीक्षा अवधिसम्म १.५३ प्रतिशतले बढेर २६ अर्ब २६ करोड ८४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २५ अर्ब ८७ करोड २२ लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षको ८ महिनामा जीवन बीमकहरुले १ करोड ३८ लाख ७ हजार २४९ वटा बीमालेख जारी गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १.३९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकहरुले १ करोड ४० लाख १ हजार ५७७ वटा बीमालेख जारी गरेका थिए।

निर्जीवन बीमकहरुले जारी गरेको बीमालेख भने अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ४.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १८ लाख ७६ हजार ४५३ वटा बीमालेख जारी गरेकोमा समीक्षा अवधिसम्म बढेर १९ लाख ५९ हजार ३८६ पुगेको छ।

प्राधिकरणको तथ्यांकअनुसार यो वर्ष फागुनसम्म नेपालको कुल जनसंख्याको ४३.१६ प्रतिशत मानिस बीमाको दायरामा आएका छन्। अघिल्लो वर्ष फागुनसम्म कुल जनसंख्याको ४४.०५ प्रतिशत मानिस बीमाको दायरामा थिए।

त्यसो त नियामक बीमा प्राधिकरणले बीमा क्षेत्रमा सुधार ल्याउन यो वर्ष थुप्रै नीतिगत कदम चालेको छ। बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० मा पहिलो संशोधन जारी गर्दै प्राधिकरणले जोखिमपूर्ण क्षेत्रमा लगानी गरेका बीमकलाई मुनाफा वितरणका लागि सहज बनाइदिएको छ। प्राधिकरणले तुलनात्मक रुपमा जोखिमपूर्ण क्षेत्र मानिने जलविद्युत, ऊर्जा, पर्यटन, कृषि, शिक्षा क्षेत्रको कम्पनीमा बीमकले लगानी गरेको ५ वर्षसम्म सूचीकृत नभएको अवस्थामा मात्र वितरणयोग्य नाफाबाट जोखिम व्यवस्था गर्नुपर्ने प्रावधान ल्याएको छ।

यही वर्ष प्राधिकरणले जीवन र निर्जीवन बीमकहरुका नाममा १८ बुँदे एकीकृत निर्देशन जारी गर्यो। प्राधिकरणबाट समय–समयमा बीमकहरुको स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दा प्राप्त प्रतिवेदनमा विभिन्न कैफियत देखिएको भन्दै त्यसलाई सुधार गर्न बीमकहरुको नाममा निर्देशन जारी गरेको छ।

यसैगरी प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा मुद्रा निर्मलीकरणमा बीमा व्यवसाय माध्यमका रुपमा प्रयोग हुन सक्ने सम्भावनालाई न्यून गर्नका लागि थप प्रावधान जारी गरेको छ। बीमा कम्पनीहरुमा परिपालन अधिकारी तथा कार्यान्वयन अधिकारीको जिम्मेवारी बेग्ला बेग्लै कर्मचारीलाई दिन प्राधिकरणले निर्देशन दिएको छ।

यही वर्ष बीमा क्षेत्रलाई मार्गदर्शन गर्ने उद्देश्यले नेपाल सरकारले राष्ट्रिय बीमा नीति, २०८० जारी गरिसकेको छ। मन्त्रि परिषदको गत मंसिर २२ गते बैठकले राष्ट्रिय बीमा नीति स्वीकृति गरेको थियो। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा संघीय सरकारले बीमा क्षेत्रलाई निर्देशित गर्नका लागि बीमा नीति जारी गरिने घोषणा गरेको थियो।

यसैगरी प्राधिकरणले ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन, २०८०’को मस्यौदा तयार पारेको छ। बीमकहरुबाट हुने गतिविधिलाई पारदर्शी र प्रविधियुक्त बनाउनका लागि प्राधिकरणले यो मार्गदर्शनको मस्यौदा तयार पारेको हो। डिजिटल माध्यमबाट इन्स्योरेन्स प्रडक्टको प्रवर्द्धन तथा पोलिसी खरिदबिक्री गर्नका लागि यो मार्गदर्शन लागू गर्न लागिएको प्राधिकरणले जनाएको छ।

वर्ष २०८० मै प्राधिकरणले जीवन, निर्जीवन र पुनर्बीमकको लगानी, निर्देशिकामा दोस्रो संशोधन (२०८०) गर्दै पहिलोपटक बीमा कम्पनीहरुलाई पीईभीसीमा लगानी गर्न पाउने बाटो खुला गरिदिएको छ। अब जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुले विशिष्टीकृत लगानी कोष नियमावलीबमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त पीईभीसीमा लगानी गर्न पाउनेछन्। पहिला यो व्यवस्था रहेको थिएन।

प्राधिकरणले बीमा प्राधिकरणले गत असोज २२ गते बीमकको लेखा प्रणालीमा नीतिगत परिवर्तनसँगै बीमकको वित्तीय विवरणसम्बन्धी निर्देशिका जारी गरेको थियो । सोही निर्देशिकाअनुकूल हुने गरी प्राधिकरणले त्रैमासिक वित्तीय विवरणसमेत लङ फर्म अडिट रिपोर्ट फर्म्याटमा तयार पारेर प्रकाशन गर्न निर्देशन दिएको छ।

यसैगरी प्राधिकरणले गत कात्तिक तेस्रो सातादेखि अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्दै अभिकर्ता इजाजतपत्र वितरण सुरु गरेको छ। हालसम्म साढे १८ हजार बढीले अनलाइन परीक्षामार्फत अभिकर्ता इजाजतपत्र लिइसकेका छन्।

बीमा ऐन २०७९ को कार्यान्वयनसँगै सरकारी स्वामित्वको एकमात्र जीवन बीमक राष्ट्रिय बीमा संस्थान कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनीमा रुपान्तरण भएको छ। गत वर्ष नै यसको नाम फेरेर राष्ट्रिय जीवन बीमा कम्पनी कायम गरिएको छ।

गत वर्ष प्राधिकरणले हाल सञ्चालनमा रहेका दुईवटा पुनर्बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने नीति लिएको छ। यसका लागि नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई २०८१ माघ मसान्तसम्मको समयावधि दिइएको छ।

यो वर्ष प्राधिकरणले दलहन बाली बीमालेख, पन्छी बीमालेख, आँप बीमालेख, ओखर बीमालेख, खेलकुद बीमालेख, सम्पत्ति लघुबीमा, घर लघु बीमालेख, सेँधमारी लघु बीमालेख, दुर्घटना लघु बीमालेख, माछा बीमालेख र पशुधन बीमालेख जारी गर्न स्वीकृति पनि प्रदान गरेको छ। वर्षको अन्त्यतिर बीमा प्राधिकरणले वैदेशिक रोजगार जीवन बीमालेख निर्देशन पनि जारी गरेको छ।

एउटा पुनर्बीमा कम्पनीसहित ५ वटा बीमा कम्पनीले गत वर्ष प्राधिकरणको स्वीकृति र नेपाल धितोपत्र बोर्डको अनुमतिमा प्रिमियम मूल्यमा आइपीओ पनि ल्याएका छन्।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS