IME Life
GBIME

वर्ष २०८० को अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट, १७६ कम्पनीको शेयर मूल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आर्थिक वर्ष २०८० को आज अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ७१ अंकले घटेर २,०२५ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्स कम्पनकिो ९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ६९ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ७३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिंगटी हाइड्रो इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS