काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव १९ अंकले बढेर २,०३६ को विन्दुमा कायम भएको छ । आज १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।