IME Life
GBIME

शेयर बजारमा ९ अंकको बृद्धि हुँदा १५० कम्पनीको शेयर भाउ बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव १९ अंकले बढेर २,०३६ को विन्दुमा कायम भएको छ । आज १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सूर्यज्योति लाइफको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड माथिको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको १६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्स कम्पनीको १५ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS