IME Life

जलविद्युत आयोजनासम्बन्धी यी ३ निर्णय तत्काल कार्यान्वयन गर्न अर्थ समितिको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले जलविद्युत आयोजनासम्बन्धी विभिन्न ३ निर्णय तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ।

समितिको चैत २२ गते बसेको बैठकले सम्बन्धित मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई यस्तो निर्देशन दिएको हो। नेपालको पूर्वी भागमा मिति गत जेठ ३२ गतेदेखि असार २ गतेसम्मको अविरल वर्षा बाढी र पहिरोका कारण क्षतिग्रस्त निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनामा भएको क्षतिलाई ध्यानमा राख्दै समितिले ३ बुँदे निर्णय तत्काल निर्देशन दिएको हो।

Prabhu
Crest

प्रभावित आयोजनाहरुलाई मर्मतसम्भारका लागि आयात गर्नुपर्ने आवश्यक पार्टपुर्जा तथा उपकरणलाई १ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिई आयात गर्ने व्यवस्था गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मिति गत पुस ३ को निर्णयबमोजिमको सिफारिस तत्काल कार्यान्वयन गर्न र सो को प्रगति विवरण ७ दिनभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने अर्थ समितिले निर्णय गरेको छ।

यसैगरी प्रभावित आयोजनाहरुलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको गत पुस ३ गतेको निर्णयबमोजिमको सिफारिस अनुसारको पुनरकर्जाको व्यवस्था गर्न तथा प्रभावित आयोजनाहरुको ऋणको ब्याज रकमलाई पुँजीकरण गरी पुनरतालिका गर्ने व्यवस्था गर्न र सोको प्रगति विवरण ७ दिनभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिने निर्णय पनि समितिले गरेको छ।

यस्तै प्रभावित आयोजनाहरुका हकमा प्रमोटर शेयरको लक–इन पिरियडको व्यवस्थामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मिति पुस ३ गतेको निर्णयबमोजिमको सिफारिसअनुसार सम्बन्धित नियमावलीमा संशोधन गर्ने व्यवस्था गर्न र सोको प्रगति विवरण ७ दिनभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई निर्देशन दिने निर्णय अर्थ समितिले गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS