काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रामपुर शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । निस्दी गाउँपालिका–४, मित्यालका पुरन सिंह सुतीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको हो ।
पाँच वर्ष अघि ५ लाखको सावधिक बीमा पोलिसी खरिद गरेका सुतीको गत कार्तिकमा निधन भएको थियो । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले एक कार्यक्रमकाबीच ६ लाख १४ हजार ५८३ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाका प्रमुख विष्णु लम्सालले अभिकर्ता धन बहादुर ठाडा सहितका व्यक्तिहरुको उपस्थितिमा स्वर्गीय सुतीको श्रीमती जयन्ती सुतीलाई चेक हस्तान्तरणगरेका हुन् ।
शाखा प्रमुख लम्सालले बीमाङ्क रकम ५ लाख र आर्जित बोनश सहितको रकम प्रदान गरिएको जानकारी दिए ।