काठमाडौं । शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार पनि सामान्य अंकले घटेको छ। नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ को विन्दुमा बन्द भएको हो।
सामान्य घटेको बजारमा १०६ कम्पनीको शेयरभाउ बढेको छ भने १२८ कम्पनीको घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये ३०२ कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- गोर्खाज फाइनान्सः २३ करोड ३२ लाख रुपैयाँ
- शिवम सिमेन्टः १८ करोड ३८ लाख रुपैयाँ
- सर्वोत्तम सिमेन्टः १८ करोड २४ लाख रुपैयाँ
- सूर्यज्योति लाइफः ६ करोड २३ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः ६ करोड २ लाख रुपैयाँ
- फर्स्ट माइक्रोफाइनान्सः ५ करोड २४ लाख रुपैयाँ
- पिपुल्स पावरः ४ करोड ९६ लाख रुपैयाँ
- सिवाईसी नेपाल लघुवित्तः ४ करोड ६३ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ४ करोड ५५ लाख रुपैयाँ
- तारागाउँ रिजेन्स होटेलः ४ करोड रुपैयाँ