काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साधारणसभाबाट सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव स्थगित भएको छ। बैंकको चैत २० गते हुने बैंकको साधारणसभाबाट निर्वाचित हुने ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव स्थगित राख्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
बैंकका अनुसार चैत्र २० गते संचालन हुन लागेको ३७ औं वार्षिक साधारण सभाको सामान्य प्रस्तावको बूँदा नं ५ अन्तर्गतको संस्थापक शेयरधनीहरुको तर्फवाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फवाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेकोमा सर्वोच्च अदालतबाट मतदानको कार्य स्थगित गरि यथास्थितिमा राख्न भनि अल्पकालिन अन्तरिम आदेश जारी भएको कारणले उक्त निर्वाचन हाललाई स्थगित गरिएको बैंकले जनाएको छ ।