काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य वृद्धि गरेको हो । मार्च ३१ मा भारतले पठाएको नयाँ मुल्य सूची अनुसार पेट्रोलको मूल्य ४ रुपैयाँले वृद्धि गरेको हो ।
पेट्रोल बाहेकका अन्य पेट्रोलियम पदार्थको मूल्य भने हाललाई स्थिर राखिएको निगमले जनाएको छ । भारतले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल ४.७६ रुपैयाँ, डिजेल र मट्टितेल ०३९ पैसा, हवाइ इन्धन ०३८ पैसा बढेर आएको छ भने र एलपीजी ग्याँस २७.८८ रुपैयाँ घटेर आएको छ ।