काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशलमव ३० अंकले घटेर २,०१८ को विन्दुमा कायम भएको छ । आज निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गरिमा डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् । लगातार सकारात्मक सर्किट लागेको यस कम्पनीको शेयरमा आज भने नकारात्मक सर्किट लागेको छ ।