Connect IPS
IME Life

शिक्षा र सीप भए स्वदेशमा प्रशस्त सम्भावना छ: कांग्रेस प्रवक्ता डा. महत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा मानिसको अमूल्य धन भएकाले त्यसमा गरिएको लगानी खेर नजाने बताएका छन् । नुवाकोटको लिखु गाँउपालिका–४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले अभिभावकलाई आफ्ना सन्तती पढाउन कुनै कन्जुस्याइ नगर्न आग्रह गर्दै विद्यार्थीलाई पनि राज्यले उपलब्ध गराएको सुविधा र परिवारबाट पाएको सहयोगको सही रुपमा सदुपयोग गर्न अनुरोध गरेका थिए ।

“शिक्षाको लागि राज्यले सुविधा सम्पन्न भौतिक संरचना, आवश्यक जनशक्ति, शैक्षिक गुणस्तर वृद्धिको लागी सहयोगी माध्यम प्रशस्त उपलब्ध गराएको छ ।” पूर्व अर्थमन्त्री महतले भने “सीपयुक्त शिक्षाको ग्रहणबाट स्वदेशमा नै रोजगारको प्रशस्त सम्भावना छ ।”

Prabhu
Crest

देशमा राजनीतिक अस्थिरता भए पनि त्यसलाई अनावश्यक भ्रम फैलाउन खोज्नेहरुसँग सचेत भएर अहिलेका विद्यार्थी र युवा पुस्तालाई धैर्यता, इमान्दारिता र सहनशीलता कायम राख्न उनले आग्रह गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS