IME Life
GBIME

लघु बीमाको मुख्य उद्देश्य गरिबलाई झन् गरिब हुनबाट जोगाउनु नै होः सीईओ प्रतापमान श्रेष्ठ

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् ‘प्रतापमान श्रेष्ठ’ । श्रेष्ठ विगत साढे ३ दशकदेखि बीमा क्षेत्रमा सक्रिय छन्। श्रेष्ठले नेशनल लाइफ इन्स्योरेन्सबाट बीमा क्षेत्र प्रवेश गरेका थिए। नेशनल लाइफमा उनले ३३ वर्षको कार्यानुभव हासिल गरेका छन्। नेशनल लाइफपछि उनी क्रेष्ट माइक्रो लाइफमा जोडिएका हुन्। उनै अनुभवी सीईओ श्रेष्ठसँग लघु जीवन बीमा क्षेत्रको अवस्था, चुनौती र आवश्यकताका विषयमा ‘इन्स्योरेसन टक’मा गरिएको कुराकानीको सारसंक्षेपः

तपाइँ सुर्खेतमा बसेर माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको व्यापार अगाडि बढाइरहनुभएको छ। देशमा यत्रा ठूला कम्पनी छन्। तिनले लामो समयदेखि गर्दै आएको व्यापार र बेच्दै आएको पोलिसी, तपाइँ नयाँ कम्पनी भर्खर पुग्नुभएको छ, पोलिसी बेच्न । कत्तिको मुस्किल हुँदो रहेछ ?

Crest

सुर्खेत भनेको एउटा दुर्गम क्षेत्र हो । त्यो माइक्रोको प्रबल सम्भावना भएको ठाउँ हो। त्यसैले हामीले कसरी स्ट्रयाजेटी बनाएका छौँ भने अब सुर्खेतबाट हामीले जुन परम्परागत गरिरहेका कम्पनीहरुको भन्दा राम्रो चाहिँ यो पोलिसी सस्तो पनि छ । त्यो साइडबाट हामीले चाहिँ हाम्रो स्ट्रयाजेटीअनुसार त्यहाँ फर्स्ट नै हुन नसके थर्ड वा फोर्थमा चाहिँ हामी आउँछौँ ।

प्रादेशिक व्यापार ?

प्रादेशिक व्यापारमा ।

तपाइँले भन्नुभयो सस्तो हुने भएकोले योभन्दा अगाडि ठूला कम्पनीहरुले माइक्रोका प्रडक्ट बेच्थे । उनीहरु धेरै त हात उठाएर भागिसके थिए । तपाइँहरु चाहिँ कोर बिजनेस नै त्यसैलाई बनाएर कमाउँछौँ र शेयरधनीलाई लाभांश दिन्छौँ भनिरहनुभएको छ । जोखिम त छैन नि ?

जोखिम छैन । किनभने यो एक्चुअरीको डिजाइनबाट एक्चुअरीलाई दिएर बीमा प्राधिकरणबाट हामीले एब्रबट लिएको छ। त्यसमा चाहिँ हाम्रो सिक्स पर्सेन्ट नै इन्ट्रेट, जुन चाहिँ भ्यालुएसन डाइरेट लेभलअनुसार गरेर ल्याएको बिजनेस हो । तर, १३१ रुपैयाँ सबैभन्दा कम एजलाई भन्दाखेरी चाहिँ त्यो कसरी हुन आएको हो भने कम एजको हो भने त रिस्क पनि कम छ । तर, ६० वर्षको लियो भने त्यसमा चाहिँ महँगो छ, २ हजार रुपैयाँजति तिर्नुपर्छ । २ हजार भनेको त केही होइन नि, अहिलेको हिसाबमा ।

यहाँ एउटा चिज थियो क्या सर । माइक्रोफाइनान्सहरुले थुप्रै कमाए र लगानीकर्तालाई राम्रो रिटर्न दिए । अहिले बदनाम छन् । त्यसको बाछिटा तपाइँकहाँ आउन सक्छ है !

माइक्रोफाइनान्सको मैले देखेअनुसार गाउँले जनसमुदायले माइक्रोफाइनान्सहरुलाई नराम्रो भनेको होइन । एउटा निश्चित समुदाय छ, उनीहरुले नराम्रो भनेर हेरेको हो। नत्र आज चाहिँ देश विकासमा टेवा कसले दिन्छ त ? गाउँघरमा ५ हजार लोन लिनलाई बैंकिङ क्षेत्रमा त जान सक्दैन । माइक्रोफाइनान्सले दिएर हो । अस्ति चौथो लघुवित्त सम्मेलन भयो । त्यहाँ पनि यो कुरा उठेको थियो । अब हामीचाहिँ एग्रिसिभमा जानुपर्छ । लघुवित्तले गरेर हाम्रो चाहिँ जिन्दगीमा यति आमूल परिवर्तन भयो। त्यहाँ हेर्दाखेरी चाहिँ फर्स्ट, सेकेन्ड र थर्ड पनि देखाइएको थियो। ५ हजार लोन लिएको मान्छेले १ वर्षभित्र १ लाख लोन लिन सक्दो रहेछ । १ लाख लिएर फेरि १० लाख लिन सक्दो रहेछ। करोड कमाउने मान्छे रहेछन्। तर, तिनीहरुलाई पैसा तिर्नुपर्दैन भन्दा पनि नमानिरहेको अवस्था छ। पैसा राम्रैसँग तिरिरहेको छ। जो चाहिँ फर्जी खालका मान्छेहरु छन्, तिनीहरुले गर्दा त लघुवित्तको बदनाम भएको हो नि ।

तपाइँहरुको ठूलो व्यापारको चंक माइक्रोफाइनान्स नै हो ?

माइक्रोफाइनान्स नै हो । मुख्य माइक्रोफाइनान्स हो। किनभने माइक्रोफाइनान्ससँग मिल्ने प्रडक्टहरु नै हामीले डेभलप गरेका हौँ। त्यसैले पराम्परागत काम गरिरहेका इन्स्योरेन्स कम्पनीहरुभन्दा हामीलाई चाहिँ अहिले सहज छ। उहाँहरुले काम गर्दा चाहिँ ११ हजार पोलिसी पुर्याउन धेरै गाह्रो थियो । तर, हामीले आज सहजै ११ हजार पोलिसी पर्यायौँ । यसमा एउटा भनेको माइक्रोफाइनान्सको बिजनेस लिएर र अर्को भनेको चाहिँ हाम्रो गाउँघरमा र वडामा गएर हामीले बिजनेस बढायौँ ।

मार्केट त जहिल्यै एब्सुलुट टर्ममा हन्ड्रेड पर्सेन्ट अकुपाइड हुन्छ ?

हजुर ।

माइक्रोफाइनान्सको बिसनेज पुराना कम्पनीहरुले धमाधम गरिरहेका थिए, तपाइँ साना कम्पनीहरु जाँदा अलिअलि रेट कटिङ गर्छन् यिनीहरु भन्ने आरोप चाहिँ आएको छ नि ?

त्यसरी रेट कटिङ चाहिँ होइन । म माइक्रोमा आउनुअगाडि नेसनल लाइफमा थिएँ । मैले त्यसको एक्सपिरियन्स मैले गरेको छु भने हामीले कट कटिङ होइन कि हामीले मोडर्याटलाई मिलाउन लगेको हो। एजवाइज प्रडक्ट छ। उदाहरणका लागि १८ देखि २० सम्म एउटा छ। त्यसको मोरट्यालिटी कति हुन्छ । कम हुन्छ । मोरट्याली बाटो लिएर हामीले एभरेजमा गरेको हो । जब कि हामीले त्यसलाई रेट कटिङ गरेको चाहिँ होइन । भनौँ न एउटा ६ रुपैयाँले बेच्नुपर्ने प्रडक्टलाई ५ रुपैयाँको हिसाबले बेचेको चाहिँ होइन ।

ट्रेडिसनल कम्पनीहरुको बिजनेस ल्याउन चाहिँ रेट नै काटेको चाहिँ होइन ?

रेट काटेको होइन । मोरट्यालिटी हो । मोरट्यालिटी भनेको प्रत्येक वर्ष चेन्ज हुन सक्छ । गाउँको मोरट्यालिटी र सहरको मोरट्यालिटी फरक छ। त्यसलाई एभरेज मोरट्यालिटीमा ल्याएर त्यो एभरेज मोरट्यालिटीबाट हामीले एजवाइज १ रुपैयाँ ६० पैसामा ल्याएर त्यसको मोरट्यालिटी ४५ हुन्छ । त्यो ४५ मोरट्यालिटी वेटेज लिएर हामीले प्राइसिङ गर्ने हो ।

माइक्रोफाइनान्सहरुले गठबन्धन गरे भन्ने नाममा हामी माइक्रो इन्स्योरेन्स भनेर पोलिसी बेच्दै जाँदा गाली त खाइँदैन ?

त्यसरी हुँदैन । बरु ट्रेडिनसल कम्पनीहरुले गाली खालान्, हामीले किन खाँदैनौँ भने एउटा हामीसँग टर्म पोलिसी छ । अर्को पोलिसी भनेको इन्डोमेन्ट हो तर चाहिँ ग्यारेन्टी हो, ननपायो हो । त्यसमा चाहिँ किन गाली खाँदैनौँ भने हामीले ४५ भनेपछि ४५ नै दिनुपर्छ र ५० भनेपछि ५० नै दिनुपर्छ । तर, ट्रेडिनसल कम्पनीहरुमा ६० भनेर लिन जाँदाखेरी २० हुन्छ । त्यसैले हामी सेक्योरमा छौँ, गाली खाने अवस्था चाहिँ आउँदैन।

तपाइँहरुको लाइसेन्स वितरणका बेला एउटा ह्विम थियो, स्ट्याबिसमेन्ट थियो । विपन्न वर्गका, गरिबका र गाउँका दूरदराजका बस्तीहरुमा बीमा सेवा पुर्याउन हामीले माइक्रो इन्स्योरेन्सको लाइसेन्स दिन लागेका हौँ । सरकारको, रेगुलेटरको र जो लाइसेन्स लिन चाहिरहेका थिए, उनीहरुको पनि त्यो विचार थियो र दाबी थियो। तपाइँहरुको आजको बिजनेसको टार्गेटेड पिपुल चाहिँ को हुन् ?

पिपुल भनेको तिनै हुन् । दूरदराज भनेपछि हाम्रो सुर्खेत हेड अफिस छ। सुर्खेत दूरदराज नै भयो । जुन माइक्रोफाइनान्सको बिजनेस भनेको सबै गरिब जनता, दूरदराज कतै–कतै होला । तर, दूरदराज नभए पनि गरिब जनता र परम्परागत बीमा कम्पनीले समेत समेट्न नसकेका मान्छेहरु नै हो। त्यसको समुदाय नै हो । तिनीहरुलाई हामीले बीमा गराएर नगरपालिकामा जाने, वडामा जाने सुर्खेतको छ। अरु प्रदेश जस्तै बागमती प्रदेश भयो भने हामी प्रदेशमात्र भनेर हुँदैन । म पनि ललितपुरमै जन्मेको मान्छे हो । मंगलबजारभित्र हेर्न जानुभयो भने त्यहाँ गरिब जनता धेरै छन्। सहरी गरिब जनताहरु । अब तिनीहरुकहाँ पनि हामी पुग्यौँ । किनकि अहिले चाहिँ मान्छेको सोच के हो भने एकदमै टाढा बसेको मान्छे गरिबी हुन्छ भन्ने छ। त्योमात्रै होइन । त्यहाँ त निश्चित व्यापार गर्न मिल्छ । जस्तै सुर्खेतमा हेर्ने हो भने हामीले सिंगल पोलिसी पनि ल्याएका छौँ । त्यो सिंगल पोलिसी ल्याउँदाखेरी हामीले नेपाल बीमा प्राधिकरणमा भनेका थियौँ कि सुर्खेतमा स्याउ बच्यो भने १ तिर्न केही पनि गाह्रो छैन । १ लाख भनेको ठूलो कम्पनीलाई सानो प्रिमियम हो तर हामीलाई त्यो ठूलो प्रिमियम भयो । किनकि त्यो टाइममा १ लाख भनेको जनताका लागि केही पनि होइन । जडीबुटी बेच्छन्। तर, भित्र कोर बस्तीका मान्छेहरु । ललितपुरमा मात्रै हेर्नुभयो भने मेरो जन्मभूमि भएकोले भन्दाखेरी मंगलबजारभित्र च्यासल, डुपाट भन्ने ठाउँ छ। भैंसेपाटीमा हेर्ने हो भने खोकना, बङ्मती छ। सुनाकोठी छ, थेचो छ, सानागाउँ छ । त्यहाँभित्र चाहिँ धेरै–धेरै गरिब मान्छेहरु छन्। त्यो साइडतिर पनि हामी लागिरहेका छौँ । दूरदराज होइन तर चाहिँ गरिब जनता छन्। तिनीहरुमा पनि हामीले इन्स्योरेन्स पहुँच पुर्यायौँ भन्ने हो।

माइक्रोफाइनान्सवालाहरु चाहिँ सर्भिस महँगो भयो भन्ने थियो । त्यसको कारण के हो भन्दा उनीहरु धितो नलिई ऋण दिन्थे र दूरदराजका गाउँमा दौडी–दौडी, टिम बनाएर धेरै समय खर्चिएर, उनीहरुको अपरेसनल एक्सपेन्सेस पनि हाई हुन्थ्यो । त्यसका कारण महँगो भयो, ब्याजको टर्ममा भन्ने थियो । तर, तपाइँ त हामी सस्तोमा पोलिसी दिइरहेका छौँ भन्दै हुनुहुन्छ । अलि मिल्यो कि मिलेन भन्ने हो ?

हाम्रो स्ट्रक्चर कस्तो छ भने हामीले ल्याउने बिजनेस भनेको एउटा दूरदराज भए पनि सुर्खेत भन्ने अहिले दूरदराज होइन । काँडोभन्दा राम्रो भइसकेको छ।

तपाइँ सुर्खेतमात्रै होइन, कालिकोटको ३ दिन हिँडेर पुग्नुपर्ने गाउँसम्म पनि पुग्नुपर्ने दायित्व हुन्छ ।

छ। त्यो स्टेप बाई स्टेप हामीले गरिरहेका छौँ । तर, कालिकोटमा इन्स्योरेन्स गर्न जानका लागि कति मान्छे छ त्यहाँ ? मुख्य कुरा एउटा सिद्धान्तको हिसाबले मात्रै चलेर भएन । जहाँ जनता त्यहाँ त इन्स्योरेन्स हुन्छ नि । त्यसैले कालिकोट गएरमात्रै हुँदैन। त्यहाँ मानिसहरु धेरैजसो काठमाडौं र सुर्खेतमा बसाइसराइ आइसकेका छन्। त्यहाँ त एउटा सिजनल बिजनेसको टाइममात्रै जाने हो । तर, अरु टाइममा त कालिकोट गएर बिजनेस हुँदैन । जुम्ला हुन्छ तर हुम्लामा हुँदैन फेरि बिजनेस । सल्यानमा हुन्छ, छिन्चुमा हुन्छ । त्यस्ता ५ ठाउँमा हामीले स्ट्रक्चर राखिसकेका छौँ ।

कर्णाली भित्र ?

कर्णाली भित्र । मुख्य हाम्रो ध्यान भनेकै कर्णालीमा हो । हामी ट्रेडिसनल कम्पनीको लाइनमा थर्ड वा फोर्थ बस्न आउँछौँ भने हामी स्ट्रयाटेजी बनाएर गइरहेका छौँ ।

एउटा कन्फ्युजन भयो अब । ठूला कम्पनी, ट्रेडिसनल कम्पनीहरु सिंगल प्रिमियमकै करोड–करोडका पोलिसी बेच्छन् । तिनीहरुको पनि लगानीकर्तालाई रिटर्न दिने क्षमता घट्दै घट्दै सिंगल डिजिटल आसपास आइसक्यो । तपाइँहरु यो २–४ सय रुपैयाँको पोलिसी बेचेर कहिले सस्टेन हुनुहुन्छ ? कहिले रिटर्न दिनुहुन्छ ? सोसल जस्टिस त होला गरिबको बीमा गरेर ?

त्यसमा नसकिने हुँदैन । किनभने अब हामीले कुरा गर्दा भर्खर स्टाब्लिस्ड भएको कम्पनी हो । हामीसँग दुइटा पोलिसी छ। त्यो दुइटा पोलिसीमध्ये चाहिँ अहिले हामी यो समसामयिक कुरा गरिरहेको भनेको माइक्रोफाइनान्सको टर्म पोलिसी नै हो । तर, हामीसँग इन्डोमेन्ट स्टाइलको ग्यारेन्टेड पोलिसी पनि छ।

के–के दिन्छ त्यसले भनिदिनुहोस् न ?

ग्यारेन्टेड पोलिसीमा प्रिमियम रेट ट्रेडिसनल कम्पनीहरुको भन्दा अलिकति धेरै छ। किनकि त्यो भ्यालुएसनबाट डिक्लेयर बोनस गर्ने होइन । त्यसमा डाइरेक्टली रेगुलर प्रिमियम तिर्यौँ भने ४५ ग्यारेन्टेड र सिंगलमा ५० ग्यारेन्टेड छ।

त्यो पोलिसीको कत्तिको रेस्पोन्स राम्रो छ ?

रेस्पोन्स राम्रो छ। किनकि डेढ महिनाजति भयो हामीले ल्याएको । डेढ महिनाभित्र हामीले चाहिँ ७० लाख रुपैयाँजतिको प्रडक्ट बेचिसक्यौँ ।

भनेको प्रिमियम त्यति उठिसक्यो ?

हो, त्यति प्रिमियम उठाइसक्यौँ ।

क्लेम चाहिँ कस्तो छ त ?

त्यसमा त नर्मल्ली चाहिँ अरु कम्पनीमा जस्तै कन्भेन्सिङ पोलिसी स्टाइलको हो। त्यो पोलिसीमा क्लेम धेरै कम छ।

एकदमै कम छ ?

हो ।

भनेपछि त्यो मस्ट प्रफिटेबल पोलिसी हो ।

हो, मस्ट प्रफिटेबल पोलिसी तर भ्यालुएसनबाट ट्रेडिसनल कम्पनीहरुले बोनस डिक्लेयर गर्नुपर्छ । हामीले गर्नुपर्दैन। हामीकहाँ ग्यारेन्टेड हो।त्यसैले गर्दाखेरी हामीले कुनै पनि झुठो आश्वासन दिएर बिजनेस ल्याउनुपर्दैन । ४५ भनेपछि त्यसको लाइफटाइम ४५ हो।

तपाइँहरुको पोलिसी शेयरिङको च्यानल चाहिँ के हो ? ट्रेडिसनल तपाइँहरु अरु कम्पनीहरुबाट या आफूले रिक्रुट गरेको एजेन्सीहरु, एजेन्टहरु त लगाउनु नै हुन्छ ?

बीमा प्राधिकरणले नियमअनुसार ट्रेडिसनल कम्पनी एउटामा एजेन्सी लियो भने अरुमा लिन पाइँदैन। तर, एजेन्ट हामी कहाँ लिन पाउँछ। निर्देशिका त्यो एउटा खुलाएर हामीलाई बीमा प्राधिकरणले सहज गरिदिएको छ।

तपाइँहरु सबैकोमा लिन पाइन्छ कि ट्रेडिसनलमा एउटा र तपाइँहरुकोमा एउटा भन्ने हो ?

ट्रेडिसनलकोमा लिएकाहरुले ३ वटा माइक्रोमा लिन पाउँछन्। त्यो नै हाम्रो स्रोत हो । त्यही स्रोतलाई युज गरेर, त्यही च्यानललाई युज गरेर हामीले चाहिँ बिजनेस ल्याउने हो।

अहिले गरिबी सहरदेखि गाउँसम्म फिजिएको छ। देश तीन तहको सरकारबाट सञ्चालन भइरहेको छ। रिसोर्सहरु पनि तल अलोकेट भइरहेको छ। तपाइँहरु तलै काम गर्छु भनेर जानुभएको छ। तलको सरकारसँग तपाइँहरुको सम्बन्ध, त्यसलाई बिजनेसमा कन्भर्ट गर्ने योजना कार्यान्वयन भइसकेका केही गतिविधि अवस्था ?

अब त्यसमा चाहिँ मैले अघि पनि भनेको थिएँ कि हाम्रो सुर्खेतमा मेन बेस हो । अब सुरुमा त सुर्खेतबाटै स्थानीय सरकारबाट ल्याउने काम गरेका छौँ । त्यसैले अस्ति जाजरकोटमा मात्रै वडा नं. १५ ले हामीसँग इन्स्योरेन्स गरेको छ।

सबै नागरिकको ?

सबै नागरिकको त होइन । म्याक्सिमम भनेको ५०० जनाजतिको गरेको छ अहिले ।

केही कलस्टर त छुट्याएको होला नि त प्रिमियम बेसमा ?

प्रिमियम बेसमा भन्दा पनि त्यो वडाभित्रका अलि गरिब जनताको गरिदिएको छ।

टर्म पोलिसी ?

टर्म पोलिसी । इन्डोमेन्ट होइन टर्म पोलिसीमात्रै । हामीले ग्रामीण जनताको गरेको भनेका थियौँ । उहाँहरुले पनि लोन दिइरहेको भनेको गरिब जनता नै हो । उनीहरुको क्लाइन्ट भनेको १ लाख चानचुन छ । त्यसमा हामीले अलि चाहिँ २–३ हजारको इन्स्योरेन्स गराइसकेका छौँ । सुर्खेत साइडहरुबाट हामी वडाहरु समेटेर गइरहेका छौँ ।

तपाइँहरु जहाँ गइरहनुभएको छ प्रिमियम एभरेजमा राम्रै उठिरहेको छ। क्लेम परेको छैन भनेपछि त प्रोफिटेबल बिजनेस नै हुने हो ।

प्रोफिटेबल बिजनेसभन्दा पनि इन्डोमेन्ट पोलिसीभन्दा टर्म पोलिसीलाई भ्यालुएसन साइडबाट हेर्ने हो भने एक्सपायर रिक्स निकाल्नुपर्ने कारणले गर्दा अनएक्सपायर रिक्स धेरै भयो भने लस जाने चान्सेज धेरै छ। त्यसलाई भ्यालुएसन गर्दा हामीले चाहिँ र बिजनेस ल्याउँदा चाहिँ हामीले त्यो विचार गरेर ल्याउनुपर्ने हुन्छ।

तपाइँहरुले जे पोलिसी बेचिरहनुभएको हुन्छ, झन्डै–झन्डै त्यस्तै पोलिसी त ट्रेडिसनलवालाहरुले पनि बेचिरहेकै छन् ।

छन्। तर, कुनै–कुनै कम्पनीले १ अर्बको ट्रेडिसनल बिजनेस गरिरहेको छ, त्यसबाट कति प्रफिट निकालिरहेको छ ? भन्दा १५ लाख रुपैयाँ निकालिरहेका छन्।

तपाइँहरु त जोखिममा भयो नि त्यसो भए ?

होइन, हामी जोखिमभन्दा पनि त्यही एक्सपिरियन्सलाई ल्याएर वा भनौँ ५ वर्षको लिनुको सट्टा १ वर्ष लियो भने त साउनमा गरेको बिजनेस त असारमा एक्सपायर भइसकेको हुन्छ। त्यहाँबाट प्रफिट निस्किन्छ। त्यस्ता स्ट्रयाजेटी राखेर हामीले काम गरिरहेका छौँ ।

अपरेसनल एक्पेन्सेस बढी हुँदैन, त्यो भने त ?

हाम्रो सबै चाहिँ मोबाइलमा क्लिक गरेको भरमा हुने हो । डाउनलोडका भरमा हुने हो। उदाहरणका लागि माइक्राले ३ हजारवटा डाटा पठायो भने हामीले डाउनलोडमात्रै गर्ने हो। हामीले यसमा ट्रेनिङ दिएका छौँ ।

तपाइँहरु म्यानुअल्ली केही माग्नु हुन्न ? भनेपछि इन्डिभिजुअल पोलिसीमा पनि त्यही हो ?

इन्डिभिजुअल पोलिसीमा पनि त्यही हो।

क्लेम पनि त्यस्तै हो ?

क्लेम पनि त्यस्तै हो । क्लेममा चाहिँ इन्टिमेसन दिनासाथ सबै डाउनलोड गरिदिन्छ। हामी हेर्छौं । हेरेर हामी क्लेम दिन्छौँ ।

तपाइँहरु पोलिसी रिसिभ गर्दा चाहिँ तथ्यांक आयो, पैसा आयो, इट्स ओके भन्नुहुन्छ । तर क्लेम दिने बेला चाहिँ डाउनलोड गरेर भेरिफाई गर्नुहुन्छ ?

क्लेममा पनि तिनीहरुले डाउनलोड नै गर्ने हो । इनकम प्रिमियम पनि डाउनलोड नै गर्ने हो । तर, फरक चाहिँ त्यतिमा हुन्छ कि क्लेममा चाहिँ तिनीहरुले एउटा डेट क्लेम र एउटा चाहिँ आफ्नो एप्लिकेसन एउटा डाउनलोड गरिदिन्छन्, हामी चाहिँ त्यसलाई हाम्रो सफ्टवेयरको पोलिसी नम्बर म्याच गर्छौं ।

फाइल बोकेर तपाइँहरुकोमा दौडेर आउनु परेन ? तपाइँले पैसा पनि खत्रक्क अकाउन्टमा हालिदिनुहुन्छ ?

अँ, अनलाइन राखिदिन्छौँ ।

ट्रेडिसनल कम्पनीभन्दा एक कदम अगाडि हुनुहुन्छ ?

हामी एक कदम अगाडि नै छौँ । त्यसैले हामीकहाँ क्यास छैन । आयो भने जम्मा गरेर भौचर बोकेर आउनुहुन्छ । कतै पनि हाम्रो क्यास छैन।

यो अन्डराइटिङको धेरै जोखिम नपर्ने भएर यस्तो भएको हो ?

अन्डराइटिङको विभिन्न मापदण्ड हुन्छ । त्यसमा एउटा जोखिम कम पनि हो । तर, हामीले चाहिँ एजेन्टलाई नै फर्स्ट लाइन अन्डराइटर भनेर गरेका छौँ । अब ५ लाख रुपैयाँसम्म गर्ने हो, ५ लाख रुपैयाँसम्म गर्नका लागि धेरै अन्डराइटिङ गर्नुपर्दैन ।

भनेपछि तपाइँहरु आजका दिनमा ट्रेडिसनल कम्पनीहरुभन्दा एक कदम अगाडि, डिजिटल्ली पोलिसी इस्यु गर्नुहुन्छ । डिजिटल्ली क्लेम पनि सेटल गर्नुहुन्छ । टाइमलाइन चाहिँ कस्तो छ ? डिजिटल्ली आउन त आयो तर एक हप्ता कुराइदिने त होइन नि ?

त्यो भयो भने हामीकहाँ माइक्रोफाइनान्सको बिजनेस नै आउँदैन । मेन चाहिँ हामीले प्राइसमा कम्प्रोमाइजन नगरीकन उहाँहरुलाई ल्याएको बिजनेस भनेको सेवा दिन्छु भनेर हो । हुन त हामीलाई बीमा प्राधिकरण ५–६ दिनको टाइम दिएको छ। तर, हामीले उहाँहरुले लोड गरेको १ घन्टाभित्रै क्लेम दिन्छौँ ।

तपाइँले अहिले जुन २ वटा क्लेम सेटल गर्नुभयो त्यो पनि १ घन्टाभित्रै हो ?

हो, एक घन्टाभित्रै हो ।

यो तपाइँको कमिटमेन्ट पनि हो ?

हो, मेरो कमिटमेन्ट पनि हो। यही कमिटमेन्टले गरेर क्रेष्ट माइक्रो लाइफले ११ हजार पोलिसी बिक्री र अहिलेसम्म २ करोड ६० लाख रुपैयाँ प्रिमियम उठाएका छौँ । यो महिनामा टार्गेट भनेको महिनामै १ करोड ५० लाख रुपैयाँ प्रिमियम उठाउने रहेको छ।

क्लेमबापत अहिलेसम्म कति तिर्नुभयो ?

नियरल्ली साढे २ लाख रुपैयाँ जति क्लेमबापत तिरेका छौँ ।

आजका दिनमा तपाइँहरु भर्खरै व्यापार आरम्भ गर्दै हुनुहुन्छ, ६–७ महिना भयो । भोलि लार्ज स्केलमा बिजनेस एक्सपान्सन भइसक्दा लाखौँ मान्छेहरु तपाइँहरुको राडरमा आइसक्दा समस्या होला नि ? फ्रड फ्रड आउला किनकि तपाइँहरु त डिजिटल्ली जसरी पैसा आयो त्यसरी फिर्ता गर्छम् भन्नुहुन्छ ?

हाम्रो जुन–जुन ठाउँमा पोर्टेट बडी छ, जुन माइक्रोफाइनान्सले हामीलाई बिजनेस दिएका छन्। माइक्रोफाइनान्स धेरै चलेको भनेको बागमती प्रदेश र मधेश प्रदेशमा हो । हुन कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि छ । तर, हामीले सबैको बिजनेस त ल्याउन सक्दैनौँ । हाम्रो पकेट–पकेट भएको ठाउँमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ । यो क्लेम भनेको चिज नै के हो भने मान्छेले हाम्रो प्रिजेन्ट नहुनु र यसको त्यहाँ प्रिजेन्ट छैन भने कोही पनि छैन भने त्यहाँ फेक गर्न के गाह्रो भयो र । त्यसैले हामीले उनीहरुलाई धेरै खर्च गरेर होइन निश्चित खर्च गरेर एउटा हेल्थ एक्टेन्ड लगेर ग्लुकोमिटरबाट सुगर टेस्ट गर्ने र प्रेसरको मेसिन लगेर प्रेसर टेस्ट गरिदिने। त्यति गर्यो भने र एउटा बोर्डमात्र राखेपछि भने ए आउँदो रहेछ, फेक गर्यो भने त यिनीहरुले समात्छ भन्ने त्रास भयो भने तिनीहरुले गर्दैन भन्ने हिसाबमा हामीले यो स्ट्रक्चर बनाएर आफ्नो प्रिजेन्ट भएको ठाउँमा गाउँगाउँमा हामी जान लागेका छौँ ।

ब्रान्चलेस बैंकिङजस्तो तपाइँहरुको इन्स्योरेन्स प्रडक्ट ?

हजुर हो ।

अहिलेसम्मको चिज हेर्दा त तपाइँहरु कि माइक्रोफाइनान्सलाई समाइरहनुभएको छ बग बिजनेसनका लागि कि ठूलाठूला सहकारी जुन ग्रामीण एरियामा स्टाब्लिस्ट छन्। तपाइँहरुको लोकल बिजनेसमा धेरै कन्सन्ट्रेट छैन कि क्या हो ?

त्यसमा पनि छ । हामीले दुईवटा पार्ट हेर्छौं । एउटा कर्पोरेट बिजनेस हेर्ने डिपार्टमेन्ट र एउटा इन्डिभिज्युअल हेर्ने डिपार्टमेन्ट छ। कर्पोरेटले माइक्रोफाइनान्सदेखि लिएर सबै हेर्छ । अब हामीले बैंकमा गएर कोही स्टाफको ५ लाख रुपैयाँ इन्स्योरेन्स गर्न कसैले रोकेको छैन । कर्पोेरेटले त्यो सबै हेर्छ । तर, इन्डिभिजुअल बिजनेसले हाम्रो एजेन्सी थ्रु, जुन पुरानो एजेन्सीलाई हाम्रोमा आबद्ध गराएर बिजनेस बढाइरहेका छौँ ।

एजेन्ट कति बनाउनुभयो ?

अहिलेसम्म साढे ७ सय जति बनायौँ होला ।

शाखा र कर्मचारी कति पुगे ?

कर्मचारीको हकमा हामीकहाँ ६४ जना जति छन्, नेपालभरि । अनि शाखा चाहिँ २३ वटा ।

अनि एजेन्टहरु चाहिँ तपाइँहरु आफैँ सेल्फ रिक्रुट पनि गर्नुभएको छ कि अरु ट्रेडिसनल कम्पनीका पोलिसी बेचिरहेकाहरुलाई यता पनि आउन भन्नुभएको छ ?

हामीकहाँ नयाँ पनि छन् तर धेरैजसो चाहिँ पुरानै छन् । बीमा प्राधिकरणको निर्णयअनुसार दुई ठाउँमा एजेन्सी लिन पाउने भएपछि पुराना कम्पनीहरु आएका छन्। किनकि उनीहरुमा पनि के छ भने ठूलो व्यापार भयो भने ठूला कम्पनीलाई दिउँला र सानो भयो भने माइक्रोलाई दिउँला भन्ने छ। यही हिसाबमा हामीले उहाँहरुलाई कन्भिन्स गरेर ल्याएका छौँ ।

सातवटा प्रदेश । हिमाल, पहाड र तराई अनि उपत्यकाहरु यो विविधतायुक्त मुलुकमा तपाइँहरुको बिजनेसको कन्सन्ट्रेसन चाहिँ हाम्रा लागि राम्रो मार्केट हो भनेर कतातिर दौडिनु भएको हो ?

हामीलाई नेपाल बीमा प्राधिकरणले तोकिदिएको सुर्खेत हो। सुर्खेतबाट हामीले राम्रै गरिरहेका छौँ । अब बागमती प्रदेशमा सबैको राम्रै हुने ठाउँ हो। बागमती प्रदेशमा पनि राम्रै छ। बाँकी ५ वटा प्रदेशमध्ये १ र २ नम्बर प्रदेशमा अलि कति छैन, बाँकी सबै प्रदेशमा राम्रैसँग बिजनेस भइरहेको छ।

प्रदेश १ र २ चाहिँ त्यो ठीक ठाउँ होइन भन्ने निष्कर्ष हो कि जानै बाँकी हो ?

हामी माइक्रो । मैले राम्रो गर्नु भनेको चाहिँ गार्डियन र लिबर्टी माइक्रोलाई पनि राम्रो हुन्छ । लिबर्टीले गर्नु भनेको मलाई पनि हो । त्यो हिसाबमा चाहिँ किन्दाखेरी स्पेस पनि छान्नुपर्यो नि। सबै मैले गरेरमात्रै चाहिँ ठूलो कम्पनीसँग कम्पिटिसन गर्न जाने न होइन नि । न सक्छु मैले । यो हिसाबले उहाँहरुको ठाउँमा हामीले पनि उहाँहरुलाई पहिला ठाउँ दिनुपर्छ । जस्तो सुर्खेतमा उहाँहरु आउन चाहिँ अलि ढिलै गर्नुहुन्छ । आउन त आइरहनुभएकै छ।

अहिलेसम्म यसो हेर्दा त सुर्खेतको उपत्यका आसपासमा जहाँ अलि बढी क्राउड छ, त्यहाँमात्रै बसिरहनुभएको रहेछ ?

त्यो पनि होइन । सल्यान छ । कर्णालीको ५ ठाउँमा हामीले स्ट्रक्चर बनाइसकेका छौँ। दुर्गममा पनि छ। एउटा पहाडबाट अर्को पहाडमा जानुपर्ने ठाउँमा चाहिँ गएका छैनौँ ।

प्रताप सर ! तपाइँको कुरा सुन्दा लाग्छ डुइङ गुड, वेल । तर, बजारमा एउटा लिट्रेचर विस्तारै उठ्दैछ कि माइक्रो इन्स्योरेन्सहरु लाइफ हुन् वा ननलाइफ एकाध वर्षमा कि मर्जर भएर एउटा ठूलो कम्पनी बन्छन् कि ठूलाका सरेन्डर गर्छन्, यिनीहरुले खरिखान्न् भन्ने मान्छेको संख्या बढ्दै गइरहेको छ नि ?

मलाई त्यस्तो लाग्दैन । नेपाली बीमा प्राधिकरणले लाइसेन्स दिँदाखेरी पनि ठूलैले अध्ययन गरेर कमिटी बनाएर गरेको चिज हो। पहिले त म पनि ठूलो कम्पनीमा थिएँ । तर, अहिले चाहिँ आउँदाखेरी त्यस्तो लाग्दैन किनकि हामी ठूला कम्पनीहरुका प्रतिस्पर्धी होइन । हामी स–सानो बिजनेस ल्याउँछौँ । तर, प्रतिस्पर्धी कुन आधार हुन सक्छ भने ५ लाख रुपैयाँसम्मको बिजनेसमा हुन सक्छ । त्यहाँभन्दा माथि त हामी जानै पाउँदैनौँ । अब मर्जको केसलाई हेर्ने हो भने अब बीमा प्राधिकरण र नेपाल सरकारको डिसिजनलाई हामीले नमान्ने कुरै हुँदैन । हुन सक्छ त्यो ।

तर, व्यापार गर्न नसकेर चाहिँ सरेन्डर गर्न जानु पर्दैन ?

तपाइँहरुले बीमा प्राधिकरणको गत पुससम्म डाटा हेर्नुभयो भने मर्जर भएर १२ वटा ठूला कम्पनी छन् । तर, हामी ३ वटा कम्पनी छौँ । अब क्रेष्ट माइक्रो लाइफको बिजनेस हेर्ने हो भने अहिलेसम्म ५ वटा कम्पनीलाई उछिनेर गइरहेको देखिन्छ। माइक्रो लाइफको मात्रै कुरा गरेको होइन । उहाँ (ठूला कम्पनी)हरुले पनि माइक्रो लाइफको मात्र पनि बिजनेसको अलग्गै देखाउनुहुन्छ। तर, त्यसमा चाहिँ हामीले ५ वटा कम्पनीलाई प्रत्यक्ष रुपमा उछिनेर गइरहेको देखिन्छ भने त्यो हुन आवश्यक नै छैन । एउटा हुन सक्छ के भनेदेखि त्यो हाम्रो माग पनि छ। ठूला कम्पनीलाई चाहिँ १० प्रतिशतभन्दा नघटाईकन माइक्रो लाइफ गर्नुपर्ने निर्देशन छ। त्यो निर्देशन चाहिँ बीमा प्राधिकरणले नदिने हो भने हामीकहाँ झन बिजनेस बढ्छ ।

भनेको यो ५ लाख तलको बिजनेस तपाइँहरुका लागि प्राटेक्टेड हुनुपर्यो ?

प्रोटेक्टेड होइन क्या ।

उहाँहरुलाई म्यान्डेटोरी नगरेपछि त ?

म्यान्डेटोरी नगर्ने भन्दा पनि माइक्रो लाइफ १० प्रतिशतभन्दा नघटाई किन गर्ने ? मेरो विचारमा ।

मन लागे गर वा मन नलागे नगर ।

अहिले पनि छ नि । बैंकहरुले विभिन्न क्षेत्रमा लगानी गर्नुपर्छ । माइक्रोफाइनान्स आएपछि तिनीहरुले पनि गरिदिन्छ।

होलसेल लेन्डिङ ?

होलसेल लेन्डिङमात्रै गरे पुग्छ । त्यस्तै चाहिँ हाम्रो पनि भनौँ न । हाम्रो होलसेल लेन्डिङ भनेर हुँदैन हामीलाई चाहिँ १० प्रतिशतभन्दा चाहिँ नघटाईकन गर्न दिनुपर्यो। ५ वटा कम्पनीलाई त एक्सन लिनुपर्यो । १० प्रतिशतभन्दा कम नै होला उनीहरुको । त्यसको सट्टा फ्री छाडिदियो भने गरे पनि हुन्छ र नगरे पनि हुन्छ । माइक्रो इन्स्योरेन्स त आइसक्यो नि बजारमा ।

तपाइँहरुले हेर्नु भएको छ ? माइक्रो भनेर माइक्रो इन्स्योरेन्सको कलस्टर भनेर जे डिफाइन्ड गरिएको छ, त्यसको कम्प्लिट मार्केट स्ट्रक्चर कतिको र कति रुपैयाँ जेनेरेट हुन्छ त्यहाँ ? त्यसरी हेर्दा तपाइँहरुले थेग्न सक्नुहुन्छ कि सक्नुहुन्न ? रिक्स बियरिङ क्यापेसिटी हिसाबले तपाइँहरु ह्युमन क्यापिटल छ कि छैन । अरु संरचना, शाखा उताउति छ कि छैन ?

ह्युमनका हिसाबले हेर्ने हो भने हामीकहाँ सबै पुराना कम्पनीबाट आएका नै हुन् । त्यसमा कुनै प्रोब्लम छैन । हामीलाई सफ्टवेयर साथ दिएको छ। त्यसले गर्दा धेरै मान्छे बढाउनुपरेको छैन । क्यापेसिटीको हिसाबमा हेर्ने हो भने इन्स्योरेन्स भनेको चल्ने क्यापिटलले होइन कि रिइन्स्योरेन्स चल्ने हो । त्यसैले गर्दाखेरी रिइन्स्योरेन्स चाहिँ हाम्रो स्ट्रङ छ। सरसर्ती हेर्दा हामी भएको म्यानपावर त्यो सबै पुरानै कम्पनीबाट हो र प्रोफेसनल मान्छेहरु नै हो ।

तपाइँ त झन्डै ३ दशक ट्रेडिसनल कम्पनीको उच्च व्यवस्थापनमा रहेर काम गर्नुभयो ।

होइन, उच्च व्यवस्थापनभन्दा पनि सुरुमा म इन्ट्री लेभलबाट आएको हुँ।

भनेको अन्तिममा उच्च व्यवस्थापन हुनुन्थ्यो। त्यहाँबाट अहिले जहाँ हुनुहुन्छ गरिबको, विपन्न वर्गको बीमा गर्छु भन्दै जानु भएको छ । त्यो दुइटाको डिफ्रेन्स कस्तो पाउनु भयो ?

यो डिफ्रेन्स चाहिँ होइन । नारामात्रै हो विपन्न वर्गको, आखिरमा त ५ लाखसम्मको छ नि । लाइफ इन्स्योरेन्स गर्दा त ५ लाखको गरे पनि ६ लाखको गरे पनि थ्योरी त एउटै हो नि ।

तर, यता त करोड करोड प्रिमियम त एकैचोटी उठाइरहनुभएको थियो नि त ?

करोडको उठाए पनि के हो भने रेगुलर प्रिमियमा होइन सिंगल प्रिमियममा । त्यसमा चाहिँ बीमा प्राधिकरणले यतिभन्दा बढी उठाउन पाउँदैनौँ भन्ने नियम पनि बनाइदिएको छ। त्यसैले करोड १–२ जनाको होला तर धेरैजसो त ५ लाख माथि र एभरेजमा भन्दा साढे ३ लाखको होला।

डिफ्रेन्स चाहिँ के फिल गर्नुभयो ? काठमाडौंबाट सुर्खेतमा गएर काठमाडौंका मान्छेहरुको नेचर र उनीहरुको बिजनेसको आधार, तपाइँले गर्ने डिलिङ र सुर्खेत पुगिसकेपछि त्यो नेचरको बीचमा त केही फरक थियो । के फिल गर्नुभयो भन्ने हो ?

म पनि काठमाडौंमै बसेको कारणले गर्दा धेरैजसो मेरो मुभमेन्ट त्यति छैन । मुभमेन्ट भनेको मेन–मेन सहरमा मात्रै हो । म सुर्खेतमा पनि जागिर खाएपछि मात्रै गएको हो । मैले सोचेँ थिए कि सुर्खेत एकदमै दुर्गम र पहाडको टुप्पो होलाजस्तो लाग्थ्यो । त्यहाँ पुग्दा म आश्चर्य भएँ । त्यहाँ काठमाडौंभन्दा केही पनि फरक छैन। नेचर सबै काठमाडौंकै मानिसका जस्तै छ। हावापानी पनि गर्मीमा अलि गर्मी छ, नत्र भने केही फरक छैन।

त्यसकारण व्यापार बढाउन सक्नुभयो ?

व्यापार बढाउन सकियो। काठमाडौंमा बसेजस्तै छ। कुनै फरक छैन ।

अब डाँडाकाँडा चढेर प्रिमियम उठाउने, पोलिसी बेच्ने कुरा त अलि पछिको कुरा भयो होइन ?

होइन, डाँडाकाँडाका लागि हाम्रा स्ट्रक्चरहरु छन्।

तपाइँले त डिजिटल मार्केटिङ गर्नुपर्ने रहेछ नि त्यसो भए ?

डिजिटल रुपमै छ हाम्रो सबै । बीमा प्राधिकरणका निर्देशकहरुले पनि भन्नुभएको छ कि तपाइँहरुले वडाको छेऊमा एकजना मान्छे राख्नु अनि तपाइँको अनलाइनबाटै बिजनेस बढाउनु । ब्रान्च नै राख्नुपर्दैन भनेजस्तै हामीले त्यही हिसाबमा गरिरहेका छौँ । अब जस्तै एउटा वडामा हामीले २००–३०० जनाको इन्स्योरेन्स छौँ भन्यो भने हामी त्यहीअनुसार स्टाफ पठाइदिन्छौँ । त्यहाँ बसेर ऊ सबै इन्ट्री गरेर पोलिसी इन्स्यु गरेर आउँछ ।
अलि पर–पर भयो भने त लागत बढ्छ, डिजिटल्ली नै आउने भन्ने हो ?

त्यसमा त वडाले नै एरेन्ज गर्यो भने कम से कम धेरै टाढा ठाउँमा १५–२० जनाको त हुन्छ ।

साहुजीहरु ढुक्क हुनुहुन्छ । हाम्रो लगानीले भोलि–पर्सी राम्रो रिटर्न आउँछ । अहिले एभ्रिथिङ चलिराछ भन्ने हो ?

सुरुआती चरण हो । उहाँहरुले पनि मिडियाबाट फाइनान्सियल हेरिरहनु नै भएको छ । अब ढुक्क भएरै होला अहिलेसम्म चाहिँ त्यस्तो केही पनि छैन।

तपाइँले रिटर्न दिँदा कुन साल पुग्छ ?

रिटर्नको पाटोबाट हेर्दा हामीले गरिरहेको धेरै मजुरेटी बिजनेस टर्म पोलिसीहरु नै छ। टर्म पोलिसीबाट भनेको चिज भ्यालुएसनमा के हुन्छ भनेपछि पोलिसी होल्डरहरुलाई प्रोभिजन गर्न जानु पर्दैन । डाइरेक्ट शेयर होल्डरहरुमा पठाउनु नै हो। मेरो विचारमा यो पहिलो वर्ष हो, यो वर्ष धेरै कम बिजनेस गर्यौँ । जेठ–असारबाट सुरु भएको हो। हामीसँग प्रडक्ट पनि थिएन । तर अब आउने वर्षमा नसके पनि अर्को वर्षदेखि निश्चित रुपमा रिटर्न दिन्छौँ ।

अबको दुई वर्षमा । आउने वर्षमा कमाएर अर्को वर्ष रिटर्न दिने । यसपालि कमाएकोले बाँड्न मिल्दैन ?

यसपालिले नहुन सक्छ । हामीले प्रडक्ट सुरु गरेको नै ६ महिनापछि हो । त्यसमा त अनएक्पाइरिज धेरै छ।

तपाइँहरु २०८१।८२ मा कमाएर २०८२।८३ मा रिटर्न दिनुहुन्छ ?

हजुर, रिटर्न दिन्छौँ । निश्चित प्रतिशत रिटर्न दिन्छौँ ।

त्यतिबेलासम्म त क्यापिटल प्लान पनि कम्प्लिट भइसकेको हुन्छ ?

क्यापिटल प्लान पनि कम्प्टिल भइसकेको हुन्छ । अनि त्यो टाइममा हामी दिन्छौँ ।

सरकारले बजेट बनाउँछ । स्थानीय निकाय र प्रदेश सरकारहरुले एवंरितले बजेटहरु बनाउँछन्। यसमा तल्लो तहका वर्गका नागरिकहरुलाई इन्स्योरेन्स दायरामा ल्याऔँ भन्ने उनीहरुको आफ्नो पोलिसी हुन्छ । रेगुटेलरले पनि तपाइँहरुको केकको साइज बढाइदिन भूमिका खेल्न सक्छ । यो सब चिजलाई एक ठाउँमा राख्दा, यो ३ वटा, ४ वटा, ५ वटा काम भए चाहिँ हाम्रो बिजनेसको भोलुम पनि बढ्छ। तलका नागरिकको वित्तीय सुरक्षा हामी बोक्छौँ भन्ने केही आधारहरु सोच्नु भएको छ ?

यो हिसाबमा हामी आफैँ सिंगल माइक्रोफाइनान्स लागेका छैनौँ । त्यसमा बीमक संघ छ। बीमक संघमा इन्ट्रीका लागि एप्लिकेसन दिएका छौँ । उहाँहरुले समयमै इन्ट्री दिनुभएन भने हामी माइक्रो (लाइफ र ननलाइफ)मात्रै एक ठाउँमा बसेर सुझाव दिनलाई जाने भन्ने कुरा भइरहेको छ । सम्भवतः उहाँहरुले हामीलाई लाइफ लाइफमा र ननलाइफ ननलाइफमा राख्नुहुन्छ भन्ने छ। किनकि नेचर एउटै छ, प्रोब्लम एउटै छ।

अन्तिममा, तपाइँ वर्षमा हजार, २ हजार, ३ हजार रुपैयाँ प्रिमियम तिर्न सक्ने र खत्रक तलमाथि पर्दा त्यसको वित्तीय दायित्व कसैले बोकिदियोस् भन्ने सोचेर बस्नुभएका लोक इनकम भएका नागरिक तपाइँको राडरमा हुनुहुन्छ, उहाँहरुलाई के अपिल गर्न चाहनुहुन्छ ?

जो मान्छे गरिब भइरहेको छ, उसलाई अझै गरिब हुनबाट बचाउनका लागि एउटा सानो अमाउन्ट, यसो भनौँ न गाउँघरमा १ लाख रुपैयाँ भनेको ठूलै कुरा रहेछ । त्यसैले १३१ रुपैयाँ तिरेर वा धेरै नै एज भएकाले २ हजार तिरेर किनकि २ हजार भनेको त केही होइन नि । तर, उनीहरु १ लाखको दायरामा आउँछन् भने तिनीहरुको लाइफ त राम्रो हो नि । त्यसमा पनि दुई किसिमको भयो । एउटा चाहिँ टर्म पोलिसी लिएर कम प्रिमियम तिरेर गरे पनि भयो । त्यसमा अहिले एउटा आइरहेको छ, ज्याइन्ट पोलिसी गर्ने छ। त्यसमा एउटा चाहिँ १० हजारको इन्भेस्टमेन्ट पोलिसी राखिदिने । ६–७ सय प्लस टर्म ५ लाख रुपैयाँको दुईवटा ज्वाइन गरेर लियो भने जो मान्छे गरिब भइरहेका छन्, ती मान्छेहरु झन गरिब हुनबाट जोगिन्छन्।

त्यसकारण माइक्रो इन्स्योरेन्समा जानुपर्छ ?

त्यसमा हामीकहाँ बीमा गरौँ भन्नेभन्दा पनि माइक्रो इन्स्योरृन्सलाई फस्टाऔँ भन्ने हो। अब ठूला कम्पनीहरुसँग पनि १० प्रतिशतको गर्नुपर्छ भन्ने छ भने हामीमात्रै भन्दैनौँ अब कम्पिटिसनको युग हो, कम्पिटसनमा जानैपर्छ । हामी कम्पिटिसन गरेरै जान्छौँ । प्रोटेक्सन गरेर होइन । त्यसैले गर्दा त्यतिमात्रै बुझ्यौँ भने नेपालमा धेरै बाँकी छ नि, इन्स्योरेन्सको दायरामा ल्याउन । अहिले बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो टोटलमा ४३ प्रतिशतमात्रै बीमाको दायरामा आएका छन्। भनेपछि बाँकी त धेरै नै छ नि ।

लामै कुरा गरियो । अन्तिममा बाँकी रहेका यति कुरा चाहिँ राखम् भन्ने केही छ कि ?

माइक्रो इन्स्योरेन्स अडेको आधार भनेकै जो मान्छे गरिब छ, त्योभन्दा गरिब हुनबाट जोगाउनलाई हो । त्यही हो ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS