IME Life
GBIME

नेशनल लघुवित्तको एजिएम आज हुँदै, लाभांश र एफपीओ निष्काशन प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारण सभा आज चैत १६ गते, शुक्रबार गर्दैछ । उक्त सभा धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुने कम्पनीले जनाएको छ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश नुमोदन गर्नुका साथै, एफपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ ।

Crest

सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने र ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि फागुन ३० गते बुकक्लोज गरेको थियो । यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS