काठमाडौं । आज सुनको भाउले नयाँ रेकर्ड नै कायम गरेको छ । यस अघि चैत ८ गते हालसम्मकै महंगो १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो । सो रेकर्ड तोड्दै आज सुनको भाउले नयाँ किर्तीमान बनाई १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको हो ।
हिजो प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ११ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन तोलामा १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।